🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कांग्रेस महाधिवेशनको लागि सहज र व्यवस्थित रुपमा यातायात व्यवस्थापन गरिएको छ : संयोजक स्वाँर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका आयोजक समिति अन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले महाधिवेशनको लागि सहज र व्यवस्थित रुपमा यातायात व्यवस्थापन गरिएको बताएका छन् ।

उनले आजका लागि दरबारमार्गस्थित अन्नपूर्ण होटल, नेपाल एकेडेमी, प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवन, भृकुटीमण्डप, धरहरामुनिको पार्किङ, रंगशालाको उत्तरीतर्फ आर्मी क्लब छेउ तथा बग्गीखानाको पछाडि नेशनल ट्रेडिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।

उनले भने, ‘आजको लागि पार्किङ चाहिँ दरबारमार्गमा अन्नपूर्ण होटल, त्यसपछि नेपाल एकेडेमी, प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवन, भृकुटीमण्डप, धरहरामुनिको पार्किङ, रंगशालाको उत्तरीतर्फ आर्मी क्लबको छेउमा र बग्गीखानाको पछाडि नेशनल ट्रेडिङमा पार्किङको व्यवस्था गरिएको छ ।’

उनले बसका लागि माइतीघर मण्डलादेखि भद्रकालीसम्मको एक लेनमा ‘वान वे’ व्यवस्था गरिएको बताए । ‘बसका लागि माइतीघर मण्डलादेखि भद्रकालीसम्मको एक लेनमा ‘वान वे’ व्यवस्था गरिएको छ,’उनले भने ।

पार्किङस्थलमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीका लागि छुट्टाछुट्टै व्यवस्था नरहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *