🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध तथा आंशिक रूपमा कुन कुन सञ्चालन ?

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

बाढीका कारण गत १० गते बिहान १०ः३० बजेदेखि रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । यी सडक खण्डहरू अर्को सूचना नआएसम्मका लागि बन्द नै रहने जनाइएको छ ।

पहिरो खसेका कारण बेनी—जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरी र अन्नपूर्ण गाउँपालिका–०३ सुकेबगरमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढीका कारण गत ८ गते दिउँसो १६ बजेदेखि अवरुद्ध रहेको बेशीसहर हुँदै खाङसारसम्म जाने सडक हाल एकतर्फी रूपमा सुचारु भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत बुलिङ्टार गाउँपालिका–६ घुमाउरी घाटमा असोज १० गते बेलुकी १९ः३० बजे गएको पहिरोपछि सडक एकतर्फी सुचारु गरिएको छ ।

त्यस्तै, सोही करिडोरको बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६स्४५ बजे गएको पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र चलेको छ भने उक्त स्थानबाट ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *