काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६५५ सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मिति २०८३ असोज १८ गते आइतबार बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा.प.से.), सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था लगायतका कसुर समावेश छन् ।
कारबाहीको विवरणअनुसार मा.प.से.तर्फ ८७, सिसिटिभीमार्फत ४६, रातो बत्ती उल्लंघनमा २३, तीव्र गतिमा १३२, हर्नतर्फ ७, लेन अनुशासन उल्लंघनमा ५, सवारीको अवस्था ठीक नभएकोमा २५ तथा वान वे मा ८ र अन्यमा ३२२ वटा सवारी कारबाही गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।




