🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कांग्रेस महाधिवेशन : केन्द्रीय पदमा उठेका व्यक्ति प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाउने  

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मिति २०८३ असोज १७ गते शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानमा रहेको वैधानिक व्यवस्थाबारे सबैलाई पुनः स्मरण गराएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा निर्वाचनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । विधान अनुसार पार्टीको कुनै पनि तहको अधिवेशनमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति सोही अवधिमा आफूभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन पाउँदैन ।

सोही वैधानिक व्यवस्थालाई स्मरण गराउँदै समितिले आगामी १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरू त्यसलगत्तै हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रष्ट पारेको छ ।

यसैगरी, विज्ञप्तिमार्फत निर्वाचन समितिले पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूबाट प्रतिनिधित्व गर्ने पदेन प्रतिनिधिहरूलाई महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको समेत स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *