🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

तीन युवाको पहलमा स्वास्थ्य शिविर, निःशुल्क औषधिसमेत वितरण 

नुवाकोट । भोटेकोशी बाढीका कारण सडक अवरुद्ध हुँदा अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका तार्केश्वर गाउँपालिका–२ का स्थानीयलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

साहारा फाउन्डेशनका अध्यक्ष सुदीप घिमिरे, टुगेदर फर चेन्जका अध्यक्ष मीन अधिकारी र नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाको संयुक्त पहलमा माझीगाउँ र ठुलोपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ३०० भन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा विशेषगरी आँखासम्बन्धी समस्या भएका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । १५० भन्दा बढीको आँखाको परीक्षण गरिएकोमा आवश्यक पर्ने सेवाग्राहीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको नेपाल युवा परिषद्बका अध्यक्ष बानियाँले बताए ।

तारकेश्वरको ६ वटै वडामा गर्ने उदेश्य राखिएको यस शिबिर वर्ड नं २ बाट थालनी गरिएको टुगेदर फर चेन्जका अध्यक्ष अधिकारिले जानकारी दिए । शिविरका लागि आवश्यक औषधिहरुको प्रबन्ध साहारा फाउन्डेशन सामाजिक सस्थाका अध्यक्ष तथा मेडिकल ब्यवसायी समेत रहेका सुदिप घिमिरेले गरेका थिए ।

निकट भविष्यमा बिदुर नगरपालिकामा समेत स्वास्थ्य शिविर आयोजन गर्ने समेत जानकारी नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष बानियाले जानकारी दिए ।

भोटेकोशी बाढीपछि सडक अवरुद्ध हुँदा स्थानीय नागरिकलाई नियमित स्वास्थ्य सेवाका लागि अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुग्न समस्या भइरहेको अवस्थामा शिविर आयोजना गरिएको हो ।

अस्पतालसम्म पुग्न नसकेका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि उपलब्ध गराएर तत्काल राहत पु¥याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *