🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

घरबाटै प्रतिबन्धित भारतीय चिठ्ठा बिक्री, १ हजार ३०० थानसहित गेलु शेर्पा पक्रा उ

झापा । झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा आफ्नै घरबाट प्रतिबन्धित भारतीय चिठ्ठा बिक्रीवितरण गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय गेलु शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज १७ गते बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिइएको हो। उनको घरबाट ‘Royal’ लेखिएको भारतीय चिठ्ठा १ हजार ३०० थान र नेपाली नगद ३६ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

शेर्पाले घरमा प्रतिबन्धित चिठ्ठा राखेर बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोली परिचालन गरिएको थियो। उक्त टोलीले शेर्पालाई नियन्त्रणमा लिएर उनको घरमा रीतपूर्वक खानतलासी गरेको विज्ञप्तिमा उल्लेख छ।

खानतलासीका क्रममा प्रहरीले भारतीय चिठ्ठाका १३ बन्डल फेला पारेको थियो। प्रत्येक बन्डलमा १०० थानका दरले जम्मा १ हजार ३०० थान चिठ्ठा रहेको प्रहरीले स्पष्ट पारेको छ।

त्यसैगरी, घरबाट नेपाली एक हजार रुपैयाँ दरका १८ थान नोटबापत १८ हजार रुपैयाँ, पाँच सय दरका २४ थान नोटबापत १२ हजार रुपैयाँ, एक सय दरका ६१ थान नोटबापत ६ हजार १०० रुपैयाँ र पचास दरका आठ थान नोटबापत ४०० रुपैयाँ बरामद गरिएको छ। यी सबै नोटको कुल रकम ३६ हजार ५०० रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिसँगै पक्राउ परेका व्यक्ति तथा बरामद चिठ्ठा र नगदको तस्बिरसमेत राखिएको छ। प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रञ्जन अवाका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

विज्ञप्तिमा बरामद नगद चिठ्ठा बिक्रीबाटै संकलन भएको हो वा अन्य स्रोतको हो भन्ने खुलाइएको छैन। चिठ्ठा कहाँबाट ल्याइएको थियो, कति समयदेखि कारोबार भइरहेको थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विवरण पनि सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *