🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान गर्दै युवा !

म्याग्दी, १७ असोज : म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी-जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन् ।

बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले २०८३ असाेज १६ गते शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झ¥याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन् । १५ जनाको समूहले दिनभर श्रमदान गरेर पैदलयात्रा गर्न असहज बनाएका रुखहरु काटेर हटाउने काम पनि गरेका संयोजक पौडेलले बताउनुभयो ।

“यो सडक मर्मत सकिएर नियमित रुपमा यातायातका साधन सञ्चालन हुने अवस्था नआउँदा सम्मका लागि पदैलयात्रा गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यताका यात्रुको सहजताका लागि श्रमदान अभियान सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो “सामाजिक सञ्जाल फेसबुकमा अपिल र साथीहरुलाई आव्हान गरेर स्वमसेवक परिचालन गरेर सडकमा मानिसलाई सहज तथा सुरक्षित रुपमा आवत जावतको वातावरण बनाउने प्रयास गरिएको हो ।”

गत हप्ताको झरिपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डको कतिपय ठाउँहरुमा पैदलयात्रा गर्न पनि कठिन अवस्था छ । एक हप्ताअघिसम्म दैनिक हजारौ गाडी गुुड्ने बेनी जोमसोम सडकको बेनी देखि काभ्रेभिर खण्डको ३३ किलोमिटर सडक पहिरो, कालीगण्डकीको कटान र बाढीले छिया छिया बनाएको छ । पक्की सडक भत्किएको मात्रै छैन केही ठाउँमा नाम निशाना नभेटिने गरि बगेको र भत्किएको छ ।

सडक मर्मत नहुँदासम्म मुस्ताङमा फसेका पर्यटक, तिर्थयात्री, ब्यवसायी र स्थानीयबासीहरु अत्यावश्यक कामका लागि यो बाटो हिडेर गन्तब्यमा पुग्ने एकमात्र विकल्प बनेको छ । सडकमा गर्नुपर्ने पदयात्रा जोखिमपूर्ण र असहज छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्य ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी खण्डमा मर्मत जारी रहेको बताउनुभयो । इन्धन र उपकरणको ब्यवस्था मिलाएर थप ठाउँमा पनि उपकरण र मजदुर परिचालन गरेर अवरुद्ध बनेको कोरला नाका जोड्ने सडक जति सक्दो छिटो सञ्चालन गर्न युद्धस्तरमा कामलाई तिब्रता दिएको शर्माले बताउनुभयो ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *