🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सिङ्गापुरमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो, २०३५ सम्म ८५ प्रतिशत हिस्सा पुग्ने प्रक्षेपण

सिंगापुर, १६ असोज (रासस/सिन्ह्वा) : सिंगापुरमा विद्युतीय सवारीसाधनको बिक्री सन् २०२६ मा ३४.३ प्रतिशतले बढेर ३४ हजार ९४० युनिट पुग्ने अनुमान गरिएको छ । यससँगै कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ५४.६ प्रतिशत पुग्ने अनुसन्धान संस्थाले जनाएको छ ।

सरकारी कर छुट तथा प्रोत्साहन, चिनियाँ मुख्यभूमिमा उत्पादित किफायती विद्युतीय सवारीका नयाँ मोडलहरूको बढ्दो उपलब्धता र चार्जिङ पूर्वाधारको विस्तारले बिक्री वृद्धिमा सहयोग पुर्‍याउने जनाइएको छ ।

सन् २०२६ को जुनसम्ममा सिंगापुरमा दर्ता भएका नयाँ सवारीमध्ये ७० प्रतिशत विद्युतीय सवारी थिए । यो प्रवृत्ति सन् २०३५ सम्म जारी रहने र त्यसबेला सिंगापुरको कुल सवारीसाधनमध्ये ४४ प्रतिशत विद्युतीय सवारी हुने अनुमान गरिएको छ ।

सरकारी अनुदान तथा छुटका साथै निजी आवासमा विद्युतीय सवारी चार्जर जडानलाई सहयोग गर्ने कार्यक्रमले माग कायम राख्ने अपेक्षा गरिएको छ । सन् २०३५ सम्ममा कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ८५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् २०२६ को पहिलो त्रैमासिकमा नयाँ कार दर्तामध्ये विद्युतीय सवारीको हिस्सा ५७.६ प्रतिशत पुगेको थियो, जुन ७ हजार ६७९ वटा सवारी बराबर हो । पहिलो पटक सिंगापुरमा विद्युतीय सवारीको बिक्री पेट्रोल तथा डिजेलबाट चल्ने र मिश्रित प्रविधिका सवारीको बिक्रीभन्दा बढी भएको थियो । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *