🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

‘गलत काम गर्नेलाई छुट छैन, युनिटको जिम्मेवारी प्रमुखले लिनुपर्छ’ : आइजीपी पौडेल

काठमाडौं, असोज १६ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनभित्र गलत काम गर्ने कसैलाई छुट नहुने स्पष्ट गर्दै सीमा अपराध र तस्करी नियन्त्रणमा खरो रूपमा उत्रिन कमाण्डरहरूलाई निर्देशन दिएका छन् । उनले राष्ट्रका सिपाही जनताको दुःखका साथी बनेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कोशी प्रदेशका सीमा इलाका तथा सशस्त्र प्रहरी कार्यालयहरूको निरीक्षण भ्रमणका क्रममा शुक्रबार पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको कार्यादेश व्यावसायिक इमानदारिताका साथ पूरा गर्न निर्देशन दिएका हुन् ।

सीमा अपराधको जरासम्म पुगेर कारबाही गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारको सुशासन नीति र संगठनको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए । व्यक्तिगत स्वार्थका लागि संगठनको छवि बिगार्ने कार्यमा संलग्न कर्मचारी विभागीय कारबाहीको भागीदार हुने उनको भनाइ थियो ।

महानिरीक्षक पौडेलले युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी सम्बन्धित प्रमुखले नै लिनुपर्ने स्पष्ट पारे । नागरिकको गुनासो आउन नदिने गरी काम गर्न, उपलब्ध स्रोतसाधनको उचित परिचालन गर्न तथा मातहतका कर्मचारीका लागि अनुशासन र आचरणमा उदाहरण बन्न उनले कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

आर्थिक पारदर्शितालाई संगठनको मूल स्तम्भका रूपमा उल्लेख गर्दै पौडेलले कुनै पनि किसिमको आर्थिक कमजोरी स्वीकार्य नहुने बताए । फिल्डमा खटिने कमाण्डरले सक्रियता बढाएर परिणाममुखी काम गर्नुपर्ने र सीमा अपराध नियन्त्रणमा उच्च तत्परता अपनाउनुपर्नेमा उनले जोड दिए ।

‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन । हामी सबै राष्ट्रका सिपाही हौँ,’ पौडेलले भने, ‘पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन भन्ने व्यावसायिक अडानका साथ प्राप्त जिम्मेवारी जवाफदेहिताका साथ पूरा गर्नुहोस् ।’

उनले प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको बताउँदै सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध चोरी निकासी–पैठारी नियन्त्रणमा उच्च क्षमता प्रदर्शन गर्न निर्देशन दिए । गृहमन्त्रीबाट प्राप्त प्रभावकारी कार्यसम्पादन, स्रोतसाधनको उचित उपयोग र गुनासोरहित नतिजासम्बन्धी निर्देशन कार्यान्वयन गर्नुपर्ने पनि उनले बताए ।

परिस्थितिअनुसार बल प्रयोग गर्दा संयमता र धैर्य अपनाउन तथा सर्वसाधारणसँग समन्वय र सद्भाव बढाउन पौडेलले कमाण्डरहरूलाई निर्देशन दिए । सीमावर्ती बासिन्दासँग नियमित अन्तरक्रिया गरेर नागरिकको विश्वास जित्नुपर्ने उनको भनाइ थियो ।

विपद् व्यवस्थापनतर्फ प्रत्येक कमाण्डरले आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने जोखिम र चुनौतीको तथ्यगत पहिचान गरी प्रतिकार्य योजना तयार राख्नुपर्ने उनले बताए । विपद्का बेला अहोरात्र खटिएर राहत तथा उद्धारमा जुट्न पनि उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा नं. १ बराह वाहिनी मुख्यालय, सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले कोशी प्रदेशका इकाईबाट भएका कामकारबाहीबारे जानकारी गराएका थिए । सीमा क्षेत्रमा अवैध गतिविधि रोक्न निरन्तर काम भइरहेको बताउँदै उनले बाढी, पहिरो र डुबानको सम्भावित क्षेत्र पहिचान गरी उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

भ्रमणकै क्रममा महानिरीक्षक पौडेलले अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीसँग अन्तरक्रिया गरेका थिए । उनले पूर्वकर्मचारीलाई संगठनसँग निरन्तर जोड्ने र उनीहरूको अनुभव संगठनको विकासमा उपयोग गर्नुपर्ने बताए ।

अन्तरक्रियामा अवकाशप्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हृदय नारायण मण्डललगायतले संगठनप्रतिको निष्ठा अवकाशपछि पनि अटुट रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले पूर्वकर्मचारीका लागि समय-समयमा स्वास्थ्य परीक्षण, सीपमूलक तालिम तथा नयाँ भर्नामा आफ्ना सन्ततिका लागि कोटाको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । लागूऔषध नियन्त्रणजस्ता सामाजिक अभियानमा पनि पूर्वकर्मचारीलाई सहभागी गराउन उनीहरूले आग्रह गरे ।

पौडेलले कर्तव्यपालनाका क्रममा सहिद भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग समेत भेटघाट गरेका थिए । उनले २०६१ असार २० गते दाङको धनौरीमा तत्कालीन माओवादी विद्रोहीसँगको भिडन्तमा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग भेटेका हुन् ।

भेटमा उनले राष्ट्र र संगठनका लागि ज्यान अर्पण गर्ने सहिदप्रति सम्मान व्यक्त गर्दै परिवारका समस्या समाधानमा संगठन साथमा रहने बताए । पीरमर्का तथा समस्या परे नजिकको सशस्त्र प्रहरी इकाईमा सम्पर्क गर्न पनि उनले परिवारजनलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *