कपिलवस्तु । शिवराज नगरपालिका–१, चोरखोलास्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा घाइते भएका यात्रुहरूको उद्धार गरिएको छ।
२०८३ असोज १६ गते भएको दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विषनपुर र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेहरूलाई उद्धार गरेको हो। उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी अस्पताल पठाइएको छ।
घाइतेहरूको संख्या, परिचय तथा स्वास्थ्य अवस्था र दुर्घटनाको कारणबारे थप विवरण प्राप्त भएको छैन।




