🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

हिम्लुङ हिमपहिरोमा भेटिएका आठ शव सेनाको हेलिकप्टरबाट ल्याइयो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा २०८३ असाेज ११ गते आइतबार गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका आठ जनाको शव नेपाली सेनाको हवाई साधनबाट ल्याइएको छ।

नेपाली सेनाले दिएको जानकारीअनुसार, २०८३ असोज १५ गते शव उद्धार गर्ने क्रममा दुई वटा शव सदरमुकाम चामे र अन्य छ वटा शव फूगाउँसम्म ल्याइएको हो। हिमाली क्षेत्रबाट शव तल ल्याउन सेनाले हवाई साधन परिचालन गरेको थियो।

हिमपहिरोपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा फेला परेका शव सम्बन्धित स्थानसम्म पुर्‍याइएको सेनाले जनाएको छ। दुर्गम हिमाली क्षेत्रमा भएको घटनापछि खोजी तथा उद्धारमा हवाई साधनको सहयोग लिइएको हो।

सेनाले सार्वजनिक गरेको विवरणमा आठ जनाको शव ल्याइएको उल्लेख भए पनि उनीहरूको परिचय खुलाइएको छैन। शवको पहिचान, आफन्तलाई बुझाउने प्रक्रिया तथा अन्य बेपत्ता व्यक्तिको खोजीको पछिल्लो अवस्थाबारे पनि उक्त विवरणमा जानकारी दिइएको छैन।

(तस्बिर : नेपाली सेना, संयाेजन साँघु न्यूज डटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *