🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

धरानको खसीबजारमा चाडपर्वको चहलपहल, वर्षमै तीन अर्बको कारोबार !

सुनसरी, (रासस), १६ असोज । दसैँ–तिहार नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला र तराईका विभिन्न स्थानबाट किसान तथा व्यापारी आउन थालेपछि बजारमा चहलपहल बढेको हो ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुन्छन् । दसैँ-तिहारको समयमा यो सङ्ख्या सातामै १० हजारभन्दा बढी पुग्ने गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको भट्टराईले जानकारी दिनुभयो । गत वर्ष चाडपर्वको समयमा मात्रै ४६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा खसीबोकाको कारोबार १५ प्रतिशतले बढिसकेको उहाँको भनाइ छ । चाडपर्वमा कारोबार अझै वृद्धि हुने अपेक्षा बजार व्यवस्थापन समितिले गरेको छ ।

धरानबाट काठमाडौँदेखि पोखरासम्म

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउनुहुन्छ । २३ वर्षदेखि यो व्यवसायमा संलग्न उहाँले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएको बताउनुभयो ।

धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत शहरमा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसले धरानको खसीबजारलाई स्थानीय किनबेचसँगै विभिन्न सहरमा आपूर्ति गर्ने केन्द्रका रूपमा स्थापित गरेको छ ।

धरान–१४ का दलबहादुर कथाय पनि १५ वर्षदेखि खसीबोकाको व्यापारमा संलग्न हुनुहुन्छ । घरमै पालेका तथा धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका उहाँले बजारमा बिक्री गर्दै आउनुभएको छ ।

“व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । यही व्यवसायबाट घरखर्च पुगेको छ । यहाँको खसीबजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ”, कथायले भन्नुभयो ।

किसानलाई बजार, स्थानीयलाई रोजगारी

कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको किनबेच हुने गरे पनि बिहीबार र शुक्रबार विशेष खसीबजार लाग्छ । पहाडी जिल्लाका साथै इटहरी, कानेपोखरी र बेलबारीलगायत स्थानका किसान तथा व्यापारी यहाँ आउने गरेका छन् ।

अध्यक्ष भट्टराईले धरानको व्यवस्थित खसीबजारले पहाडी जिल्लाका किसानलाई उत्पादन बिक्री गर्ने अवसर दिएको बताउनुभयो । बजारले विभिन्न सहरमा खसीबोका आपूर्ति गर्नुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्‍याएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *