काठमाडौँ, १६ असोज । बीसौँ एसियाली खेलकुदमा सहभागी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । जापानको टोकियोबाट आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरेका छन् ।
पदक जित्न नसके पनि नेपालले समूह चरणमा उल्लेखनीय प्रदर्शन गरेको थियो । टेस्ट राष्ट्र अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै नेपालले उक्त टोलीविरुद्ध १२ वर्षपछि जित हासिल गरेको हो ।
समूह चरणको अन्तिम खेलमा वर्षा बाधक बनेपछि नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । त्यसपछि समूह विजेताका रूपमा क्वार्टरफाइनल पुगेको नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।
तर, क्वार्टरफाइनल खेलसमेत वर्षाले प्रभावित भएपछि नेपालको पदक जित्ने यात्रा रोकियो । आइसिसी टी–२० वरीयतामा श्रीलङ्काभन्दा पछाडि रहेकाले नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
अफगानिस्तानमाथिको जितले उत्साह थपे पनि नेपालले एसियाली खेलकुदको क्रिकेटमा पहिलोपटक क्वार्टरफाइनल पार गर्ने उपलब्धि हासिल गर्न सकेन ।




