🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

 सशस्त्र प्रहरीद्वारा  ११ सय किलोभन्दा बढी गाँजा बरामद, गाडी चालक फरार

सिरहा, १५ असोज। सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक, गागन खोला पुलबाट एक हजार १०२ किलो ६५५ ग्राम गाँजासहित बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

गएराति करिब १ बजे सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणअन्तर्गत सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो। बरामद गाँजा २६ वटा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो।

सशस्त्र प्रहरीका अनुसार चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका छन्।

बरामद गाँजा तथा नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सहप्रवक्ता थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *