🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सगरमाथादेखि मृतसागरसम्मका विषयमा कार्टुन प्रदर्शनी, तीन इजरायली कलाकारको नेपाल भ्रमण

काठमाडौं, १४ असोज । नेपाल र इजरायलबीच कला तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले तीन इजरायली व्यङ्ग्यचित्रकारले नेपाल भ्रमण गरेका छन् । नेपालस्थित इजरायली दूतावासको आयोजनामा सेप्टेम्बर २८ देखि ३० सम्म भएको भ्रमणमा निसिम हेज्कियाउ ‘नुस्को’, प्राध्यापक इतामार डाउबे र उरी फिङ्क सहभागी भएका हुन् ।

दूतावासले २०८३ असाेज १४ गते बुधबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा सेप्टेम्बर २८, २०२६ मा काठमाडौंमा ‘पृथ्वीको सबैभन्दा उच्च र सबैभन्दा होचो स्थान’ विषयमा इजरायली-नेपाली कार्टुन प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीमा दुवै देशका कलाकारले तयार पारेका कार्टुन तथा व्यङ्ग्यचित्र राखिएका थिए ।

इजरायली कलाकारका कृतिको संयोजन निसिम हेज्कियाउले गरेका थिए भने नेपाली खण्डको नेतृत्व कार्टुनिस्ट क्लब अफ नेपालका राजेश केसी र रवि मिश्रले गरेका थिए ।

प्रदर्शनीमा इजरायली कलाकारले अतिथिहरूको प्रत्यक्ष व्यङ्ग्यचित्रसमेत बनाएका थिए । आफ्नै अनुहारको व्यङ्ग्यचित्र बनाउन पाउँदा सहभागीले उत्साह व्यक्त गरेका थिए । उनीहरूले ती चित्र कार्यक्रमको सम्झनाका रूपमा साथमा लगेका थिए ।

कार्यक्रममा कलाकार तथा अतिथिलाई स्वागत गर्दै इजरायली दूतावासकी कार्यवाहक राजदूत जनान बेबारले प्रदर्शनीले पृथ्वीका दुई विशिष्ट स्थान—मृतसागर र सगरमाथालाई कलामार्फत जोडेको बताइन् । कला, सिर्जनशीलता र मानवीय सम्बन्धमार्फत दुई देशका नागरिकलाई अझ नजिक ल्याउन यस्ता सांस्कृतिक कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो ।

बेबारले सामान्य रेखा, सिर्जनात्मक विचार र हास्यको प्रयोगबाट कार्टुनले मानिसलाई सोच्न, मुस्कुराउन र परिचित विषयलाई फरक दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने बताइन् । इजरायली कलाकार हेज्कियाउले सुन्दर र मित्रवत् देश नेपालमा यस्तो विशिष्ट प्रदर्शनीमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

भ्रमणका क्रममा इजरायली कलाकारले कार्टुनिस्ट क्लब अफ नेपालसँग आबद्ध नेपाली कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । उनीहरूले आफ्ना अनुभव र सिर्जनात्मक अभ्यासबारे छलफल गर्नुका साथै भविष्यमा सहकार्यका सम्भावनासमेत खोजेका थिए ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय र दिव्यभूमि बहुमुखी कलेजका पत्रकारिता तथा आमसञ्चारका विद्यार्थीका लागि व्याख्यान र अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो । सत्रमा ‘गतिशीलताको अवधारणा’, ‘सबैले कमिक्स बनाउन सक्छन्’ कार्यशाला र ‘अनुहारको व्यङ्ग्यचित्र’ जस्ता विषय समेटिएका थिए ।

कलाकारहरूले व्यङ्ग्यचित्र, कमिक्स र दृश्य सञ्चारसम्बन्धी आफ्ना अनुभव तथा ज्ञान विद्यार्थी र नेपाली कलाकारसँग बाँडेका थिए । भ्रमणले विचार आदानप्रदानसँगै नेपाल र इजरायलबीचको सांस्कृतिक तथा कलात्मक सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याएको दूतावासले जनाएको छ ।

भ्रमणमा सहभागी हेज्कियाउ सन् २००१ देखि तेल अभिभमा आयोजना हुने एनिमेसन, कमिक्स तथा व्यङ्ग्यचित्रको अन्तर्राष्ट्रिय महोत्सव ‘एनिमिक्स’का कलात्मक निर्देशक छन् ।

प्राध्यापक डाउबे शेन्कार कलेजमा दृश्य सञ्चार, एनिमेसन र गेम डिजाइन अध्यापन गर्छन् । उनी ‘येदिओथ अहरोनोथ’का सम्पादकीय व्यङ्ग्यचित्रकारसमेत हुन् । सन् २०१० देखि उनले छापा, टेलिभिजन र गेमिङलगायत विभिन्न माध्यमका लागि कलाकृति तयार गर्दै आएका छन् ।

फिङ्क इजरायलको लोकप्रिय कमिक्स शृङ्खला ‘ज्बेङ’का सर्जक हुन् । उनी सन् २०२१ देखि इजरायली कार्टुनिस्ट तथा कमिक्स कलाकारहरूको संस्थाका अध्यक्ष छन् भने ‘मारिभ’ दैनिकका लागि नियमित राजनीतिक कार्टुन बनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *