🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । नारायणी नदी र यसका सहायक नदीमा पानीको बहाव बढेपछि बाढी पूर्वानुमान महाशाखाले चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

महाशाखाले २०८३ असोज ११ गते बिहान ७:४५ बजे जारी गरेको विशेष सूचनाअनुसार नारायणी नदीको जलसतह खतराको तह ९ मिटर नाघेर करिब ११ मिटर पुगेको छ। बहाव अझै बढिरहेको छ। देवघाट बाढी मापन केन्द्रमा नदीको जलसतह आज बिहान करिब ११ बजेसम्म १३ मिटर पुग्न सक्ने पूर्वानुमान छ।

नारायणीका सहायक नदीमध्ये कालीगण्डकीको बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपेमा बहाव सतर्कता तह नाघेर बढिरहेको छ। बूढीगण्डकी र त्रिशूलीमा पनि बहाव सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ।

उच्च बहावका कारण चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान हुन सक्ने क्षेत्रमा जोखिम बढेको छ। महाशाखाले नदी किनार, पुल, तल्लो भूभाग र कमजोर तटबन्ध भएका स्थानमा अनावश्यक भिड नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *