कांगडा किल्लाको लडाईंमा वीरगति प्राप्त गर्ने काजी नयन सिंह थापाका छोराहरु कर्नेल उजिर सिंह (नेपाल अङ्रेज युद्धमा बुटवलको लडाईंका बिजेता ) र प्रधान मन्त्री माथबर सिंह थापा ( नियुक्तिले नै प्रधानमन्त्री पाउने पहिलो व्यक्ति ) ।
थाहा हुन आएका छोरीहरुमा ललित त्रिपुरा सुन्दरी (राजा रण बहादुर शाह को कान्छी रानी र गणेश कुमारी (जंग बहादुर, धिर शम्शेर , जगत शम्शेर, कृष्ण बहादुर , बम बहादुर राणा लगायतको आमा ) हुन् । काजी नयन सिंह जनरल अमर सिंह थापाका माहिला छोरा र भीमसेन थापाका भाइ हुन्।
ललित त्रिपुरा सुन्दरीलाई जेठा बाबा भीमसेन थापा एकदम शक्तिमा हुँदा राजा रण बहादुर शाहलाई करिब ९ वर्षको उमेरमै विवाह गरिदिए । उनीबाट कुनै जायजन्म भएन। ठकुरी राजाले क्षेत्री काजीको छोरी मागी विवाह गरेको सम्भवत यो पहिलो हो कि ?
राजा गीर्वाण युद्धविक्रम शाह एकदम सानो भएकोले भीमसेन थापाले यिनै भतिजी रानी त्रिपुरा सुन्दरीलाई नायवी बनाइ यिनैको आदेशबाट नेपाल अङ्रेज युद्धलगायतको अधिकार लिएका थिए ।
रानी त्रिपुरा सुन्दरीलाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिइन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविद्हरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।
उनले नै काठमाडौंमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललित त्रिपुरा सुन्दरीले संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र सम्वत १८७७ सालमा सो मन्दिरको निर्माण सम्पन्न भएको थियो । त्यसपछि मात्र सो क्षेत्रको नाम त्रिपुरेश्वर भएको हो ।
त्यसैगरी उनले बि. सं. १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्न चाहिँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारकै दिन भएको थियो ।
अर्को काम उनले बि. सं. १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् । ललित त्रिपुरा सुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ,-"स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरासुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।
(सुझाब पाउ/-प्रेम)



