🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बाढीको पीडाबीच उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा खोज, उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी एवं उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाईको समन्वयमा उद्धारकर्ता तथा बाढी प्रभावित व्यक्तिका लागि परामर्श कार्यक्रम सञ्चालन गरेको हो। जोखिमपूर्ण परिस्थितिमा नागरिकको उद्धार र सहयोगमा निरन्तर खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्तामा देखिएको मानसिक तनाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

असोज ४ गते मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायव उपरीक्षक शम्भुविक्रम शाहसहितको टोलीले रसुवा तथा नुवाकोटस्थित सशस्त्र प्रहरी बलका कार्यालयमा पुगेर उद्धारकर्तासँग अन्तरक्रिया गरेको थियो।

टोलीले उद्धारकर्ताका साथै कारागारमा रहेका कैदीबन्दी, होल्डिङ सेन्टरमा आश्रय लिइरहेका व्यक्ति तथा बाढी प्रभावित स्थानीय बासिन्दालाई पनि मनोसामाजिक परामर्श प्रदान गरेको छ। त्यसक्रममा प्रभावित समुदायको वर्तमान मानसिक तथा भावनात्मक अवस्था बुझ्नुका साथै उनीहरूको मनोसामाजिक आवश्यकता पहिचान गरिएको थियो।

गत भदौ १० गतेदेखि रसुवाका धुन्चे, टिमुरे र स्याफ्रुबेँसी तथा नुवाकोटका बेत्रावती, त्रिशूली बजार र ढुङ्गेबजारलगायत क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीसहित विभिन्न सुरक्षा निकायका जनशक्ति खोज तथा उद्धारमा खटिएका छन्। उनीहरूले शव निकाल्ने, घाइतेको उद्धार गर्ने तथा प्रभावित बस्तीमा राहत पुर्‍याउने काम गर्दै आएका छन्।

खोज तथा उद्धारमा संलग्न धेरै सुरक्षाकर्मी रसुवा र नुवाकोटकै स्थानीय बासिन्दा हुन्। आफ्नो गाउँ, बस्ती र समुदायमा भएको विनाश प्रत्यक्ष देखेका उनीहरूले परामर्श टोलीसमक्ष कारुणिक अनुभव सुनाएका थिए। कतिपय सुरक्षाकर्मीले आफ्नै परिवारका सदस्य तथा आफन्त गुमाए पनि व्यक्तिगत पीडा थाती राखेर विपद्मा परेका नागरिकको सेवा र सुरक्षामा दिनरात खटिँदै आएको जनाइएको छ।

उद्धारका क्रममा क्षतविक्षत शव देख्नुपर्ने, आफन्तको खोजीमा छटपटाइरहेका परिवारको विचल्ली सामना गर्नुपर्ने तथा कठिन भूगोलमा भोक र निद्राको परवाह नगरी लगातार खटिनुपर्दा उद्धारकर्तामा शारीरिक थकानसँगै भावनात्मक तथा मानसिक तनाव देखिएको छ।

परामर्श टोलीले स्थानीय कर्मचारी र सर्वसाधारणसँग पनि प्रत्यक्ष कुराकानी गरेको थियो। बाढीको प्रत्यक्ष सामना गरेका स्थानीयमा अझै अत्यधिक डर र असुरक्षाको भावना कायम रहेको पाइएको छ।

“फेरि ठूलो पानी पर्ला कि, पुनः यस्तै बाढी–पहिरो दोहोरिएला कि भन्ने चिन्ता स्थानीयमा देखिएको छ,” सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले भन्नुभयो।

विपद्को प्रत्यक्ष साक्षी बनेका वा क्षति व्यहोरेका व्यक्तिमा घटनाको सम्झना बारम्बार आउनु, निद्रा नलाग्नु, भविष्यप्रति असुरक्षित महसुस हुनु तथा तनाव बढ्नु स्वाभाविक मनोसामाजिक प्रतिक्रिया भएको विशेषज्ञहरूले बताएका छन्। यस्ता समस्या लामो समयसम्म रहन सक्ने भएकाले प्रभावित क्षेत्रमा निरन्तर परामर्श तथा विशेषज्ञ सेवाको पहुँच आवश्यक देखिएको छ।

सशस्त्र प्रहरीले विपद् प्रभावित क्षेत्रबाट फर्किएका कर्मचारीलाई नियमित सम्पर्कमा राखेर सम्बन्धित युनिटमै मनोपरामर्श सेवा उपलब्ध गराउने योजना बनाएको छ। भौतिक पुनर्निर्माणसँगै प्रभावित नागरिक र उद्धारकर्ता दुवैको मनोसामाजिक पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *