🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

गोरखामा यात्रुवाहक जीप दुर्घटना : ८१ वर्षीया महिलाको मृ त्यु, सात जना घाइते

गोरखा, ४ असोज । गोरखाको सिरानचोक गाउँपालिका–२, थालाजुङमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग१ज ६३८९ नम्बरको महेन्द्र जीप आइतबार बिहान करिब १०ः३० बजे थालाजुङस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार जीपको ब्रेक फेल भएपछि सडकको नालामा खसेर भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा जीपले च्यापिएर गम्भीर घाइते भएकी सिरानचोक गाउँपालिका–२, थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले राससलाई जानकारी दिएका छन्।

जीपमा चालकसहित नौ जना सवार थिए। दुर्घटनामा प्रारम्भमा आठ जना घाइते भएकामा गुरुङको मृत्यु भएपछि सात जनाको उपचार भइरहेको छ। घाइतेहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ।

दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का अन्दाजी ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। सोही स्थानकी अन्दाजी ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय मेकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की मध्यम घाइते भएका छन्।

त्यस्तै, सिरानचोक गाउँपालिका–६, सिम्लेकी अन्दाजी ६८ वर्षीया सीता गुरुङ तथा वडा नम्बर ७, डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली पनि मध्यम घाइते भएका छन्।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटना ब्रेक फेल भएर भएको प्रारम्भिक विवरण आए पनि त्यसको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *