🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रधानसेनापतिज्यू, भ्रमणसँगै मासिक चार सय रुपैयाँ भत्ता र जवानका पीडा पनि बुझिदिनुहोस् !

सम्माननीय प्रधानसेनापति महारथी अशोक राज सिग्देलज्यू,

छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ। अब तपाईं बेलायतको औपचारिक भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ। मित्रराष्ट्रहरूसँग सैनिक कूटनीति, अनुभव आदानप्रदान र आपसी सम्बन्ध विस्तारका लागि यस्ता भ्रमणको आफ्नै महत्त्व होला। तर, तल्लो तहका बहालवाला तथा भूतपूर्व सैनिकको जीवनमा त्यसको प्रत्यक्ष प्रभाव के पर्छ भन्ने प्रश्न पनि उठेको छ।

प्रधानसेनापतिज्यू, भ्रमणका समाचार पटक–पटक आउँछन्। उच्चस्तरीय भेटवार्ता, छलफल र भलाकुसारीका विवरण पनि सार्वजनिक हुन्छन्। तर, वर्षौंदेखि न्यून सेवा-सुविधामा काम गरिरहेका जवानका पीडा, गुनासा र अपेक्षाबारे ठोस निर्णय भएको समाचार कहिले सुन्न पाइन्छ ?

सैनिक विक्रम लामाको प्रश्न छ-
“प्रधानसेनापति अशोक राज सिग्देल जता गए पनि पहेँलो पट्टाबापत पाइने चार सय रुपैयाँ भत्ता कम्तीमा आठ सय रुपैयाँ पुर्‍याउने होइन भने भ्रमणको के अर्थ रह्यो र ?”

यो प्रतिक्रिया केवल चार सय रुपैयाँको विषय होइन। यो तल्लो दर्जाका सैनिकले आफ्नो श्रम, जिम्मेवारी र योगदानको उचित मूल्य खोजिरहेको आवाज हो। समयअनुसार महँगी बढेको छ, दैनिक खर्च अकासिएको छ; तर कतिपय भत्ता र सुविधा वर्षौंदेखि उही अवस्थामा छन्। चार सय रुपैयाँको भत्ताले अहिलेको बजारमा के धान्छ भन्ने प्रश्नको उत्तर सैनिक नेतृत्वले खोज्नुपर्ने बेला आएको छ।

भूतपूर्व सैनिक गोविन्द दवाडीको गुनासो पनि उस्तै छ-
“तल्लो तहका बहालवाला र भूतपूर्व सैनिकको अवस्थामा अहिलेसम्म कुनै फेरबदल आएन। नेतृत्व फेरियो, तर भेटघाट, भलाकुसारी र भ्रमणको क्रम भने कहिल्यै रोकिएन।”

प्रधानसेनापतिज्यू, नेपाली सेनाको वास्तविक शक्ति महँगा बैठक, विदेश भ्रमण वा औपचारिक सम्झौतामा मात्र होइन; कठिन भूगोल, विपद्, सीमा सुरक्षा र जोखिमपूर्ण जिम्मेवारीमा खटिने जवानको मनोबलमा निहित छ। जवानको मनोबल भाषणबाट होइन, व्यवहार र सुविधामा देखिने सुधारबाट उच्च हुन्छ।

चीन वा बेलायत भ्रमण गर्नु गलत होइन। सैनिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्य राष्ट्रका लागि आवश्यक छन्। तर, विदेश भ्रमणबाट फर्कंदा तल्लो तहका सैनिकले पनि ‘हाम्रा प्रधानसेनापति हाम्रो पीडा बोकेर फर्किए’ भन्ने अनुभूति गर्न पाउनुपर्छ।

त्यसैले पहेँलो पट्टाबापत दिइँदै आएको चार सय रुपैयाँ भत्ता समयानुकूल बढाउने, तल्लो दर्जाका सैनिकको सेवा–सुविधा पुनरवलोकन गर्ने तथा भूतपूर्व सैनिकका स्वास्थ्य, कल्याण र सम्मानसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्ने पहल गरियोस्।

प्रधानसेनापतिज्यू, भ्रमणको सफलता स्वागत र भेटवार्ताका तस्बिरले मात्र मापन हुँदैन। त्यसको वास्तविक सफलता ब्यारेकभित्र पसिना बगाइरहेका जवान तथा घर फर्किएका भूतपूर्व सैनिकको जीवनमा आएको सकारात्मक परिवर्तनले देखाउनेछ।

भ्रमण चलिरहोस्, सैनिक कूटनीति बलियो बनोस्-तर जवानका आवाज र पीडा भ्रमणको भीडमा हराउन नदिइयोस् ।

उही,
बहालवाला तथा भूतपूर्व सैनिकका तर्फबाट
एक सरोकारवाला आवाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *