🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

संकटका बेला आईजीपी कार्कीमाथि किन हुँदैछ लगातार प्रहार ?

संकटका बेला प्रहरी नेतृत्वको तेजोबध गर्ने प्रयास भएको भन्दै बुद्धिजीवीको प्रतिवाद...!

काठमाडौं । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध विभिन्न आरोप लगाउने र उनको सार्वजनिक छविमाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

 भाेटेकाेशीकाे विनासकारी बाढी पछि मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाे छ, हजाराैं प्रहरी कर्मचारी र संगठन लाशकाे व्यवस्थापन र वेपत्ताहरूकाे खाेजतलासमा दिनरात नभनी लागिरहेकाे छ । यस्ताे संवेदनशील जटिल घडीमा   प्रहरी संगठनबाहिरका स्वार्थ समूहदेखि संगठनभित्रै असन्तुष्ट पक्षसमेत प्रहरी महानिरीक्षक कार्कीविरुद्ध सक्रिय भएको आशंका व्यक्त गरिएको छ। यद्यपि, उनीमाथि लगाइएका आरोपको आधिकारिक पुष्टि भएको छैन। कुनै विश्वसनीय प्रमाण, अनुसन्धान प्रतिवेदन वा सक्षम निकायको निष्कर्षबिनै आरोपलाई सामाजिक सञ्जालमा फैलाइएको भन्दै बुद्धिजीवी तथा नागरिक तहबाट प्रतिवाद हुन थालेको हो।

 भाेटेकाेशीकाे विनासकारी बाढीकाे प्रकाेप,   मुलुकको आन्तरिक सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनको नेतृत्व गर्ने पदमा रहेका व्यक्तिमाथि उठाइएका प्रश्नको तथ्यपूर्ण छानबिन हुनुपर्ने भए पनि अपुष्ट आरोपकै आधारमा चरित्रहत्या गर्न नहुने आवाज बलियो बन्दै गएको छ।

यही सन्दर्भमा वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले प्रहरी महानिरीक्षक कुनै एउटा व्यक्तिले सम्हाल्ने पद मात्र नभई नागरिक सुरक्षा र सुशासनको जिम्मेवारी बोकेको संस्थागत प्रतिनिधि भएको बताएका छन्।

केही सातादेखि प्रहरी महानिरीक्षकको तेजोबध गर्ने प्रयास भइरहेको र त्यस्तो गतिविधिमा सत्तारूढ पक्षकै व्यक्तिहरूको संलग्नता देखिनु चिन्ताजनक भएको उनको टिप्पणी छ। प्रहरी नेतृत्वको मानमर्दन गरेर सुशासन र कानुनी शासन स्थापित गर्न नसकिने उनले उल्लेख गरेका छन्।

त्रिपाठीले प्रहरी महानिरीक्षक कार्कीलाई नेपाल प्रहरीका सीमित बेदाग र व्यावसायिक अधिकृतमध्ये एकका रूपमा चित्रण गरेका छन्। उनका अनुसार प्रहरी महानिरीक्षक कार्की सेवा अवधिभर विवादबाट टाढा रहेका, प्रहरी संगठनका लागि केही गराैं भन्ने स्पष्ट स्वभावका र व्यावसायिक मर्यादामा अडिग प्रहरी अधिकारी हुन्। “कसैको अवाञ्छित इच्छा वा योजनाको सारथि बन्ने तत्परता उहाँमा कहिल्यै देखिएन,”  वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले २०८३ भदाै २६ गते  लेखेका छन्।

प्रहरी महानिरीक्षक कार्कीप्रतिको असन्तुष्टिको पछाडि गैरकानुनी आकांक्षा पूरा नभएको वा प्रहरी नेतृत्वलाई अनुचित दबाबमा पार्ने उद्देश्य हुन सक्ने उनको आशंका छ। यद्यपि, यस्तो आशंका पनि स्वतन्त्र प्रमाण र निष्पक्ष अनुसन्धानबाट पुष्टि हुन बाँकी विषय हो।

 वरिष्ठ पत्रकार त्रिपाठीले जिम्मेवार सुरक्षा निकायको नेतृत्वलाई कमजोर बनाएर कुनै पनि सरकारले सकारात्मक लक्ष्य हासिल गर्न नसक्ने चेतावनी दिएका छन्। सडक प्रदर्शन, नाराबाजी वा सामाजिक सञ्जालको लोकप्रियताबाट राजनीतिक पद हासिल हुन सक्ने भए पनि प्रहरी संगठनको नेतृत्व व्यावसायिक क्षमता, सेवा अनुभव, अनुशासन र कानुनी प्रक्रियाबाट मात्र प्राप्त हुने उनको तर्क छ।

“सडकमा अचानक साङ्लोमा बेरिएर चिच्याएकै भरमा कोही व्यक्ति सांसद पनि बन्न सक्छन्, तर त्यसरी आईजीपी होइन, एउटा प्रहरी जवान पनि बन्न सकिँदैन,”  वरिष्ठ पत्रकार त्रिपाठीले टिप्पणी गरेका छन्।

प्रहरी महानिरीक्षक वा कुनै पनि सार्वजनिक पदाधिकारी आलोचनाभन्दा माथि हुँदैनन्। उनीहरूको निर्णय, कार्यसम्पादन र आचरणमाथि प्रश्न उठाउन पाइन्छ। तर आलोचनाको आधार तथ्य, प्रमाण र सार्वजनिक हित हुनुपर्छ। व्यक्तिगत प्रतिशोध, संस्थागत गुटबन्दी वा राजनीतिक स्वार्थबाट प्रेरित आरोपले सम्बन्धित व्यक्तिलाई मात्र होइन, सिंगो सुरक्षा संगठनको मनोबल र विश्वसनीयतालाई क्षति पुर्‍याउन सक्छ।

प्रहरी महानिरीक्षक कार्कीमाथि कुनै ठोस आरोप छ भने त्यसको संवैधानिक तथा कानुनी निकायबाट निष्पक्ष छानबिन गरिनुपर्छ। आरोप पुष्टि भए कारबाही र निराधार ठहरिए नियोजित भ्रम फैलाउने पक्षलाई जवाफदेही बनाउनु नै कानुनी राज्यको सही अभ्यास हुनु पर्ने माग सुरक्षा निकाय र समाजबाट उठिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *