🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री दाहाल गृह जिल्ला चितवनमा

चितवन, २६ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आउनुभएको छ । प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुग्नुभएको हो । 

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहनुहुनेछ । प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उहाँको भनाइ छ । 

प्रधानमन्त्री दाहाल शनिबार पनि  भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नु हुनेछ । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आउनुभएको हो ।