🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बाढीपीडितका लागि एनआरएनएको अभियान आठौँ दिन पनि जारी, राहत वितरणसँगै स्वास्थ्य शिविर 

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको अभियान आठौँ दिन पनि जारी राखेको छ।

एनआरएनएले बाढीबाट विस्थापित भई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित एल्लो गुम्बा र मुस्ताङ गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकालाई विभिन्न राहत सामग्री उपलब्ध गराएको हो।

संघले विस्थापितहरूको दैनिक जीवन सहज बनाउन ६ थान कुलर, दुई थान डिप फ्रिज, २०० थान सेनेटरी प्याड, छ प्याकेट डाइपर, ३४० जोर चप्पल, ३०० थान ब्ल्याङ्केट, ३०० थान टावेल र ३०० थान सिरानी हस्तान्तरण गरेको जनाएको छ।

उक्त सामग्री गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङलाई हस्तान्तरण गरिएको हो। कुलर तथा डिप फ्रिज एनआरएनएका सहकोषाध्यक्ष अब्दुल बसिदले प्रायोजन गरेका हुन्।

एनआरएनएले यसअघि पनि ती आश्रयस्थलमा रहेका परिवारको आवश्यकतालाई ध्यानमा राख्दै छ थान कुलर र दुई थान डिप फ्रिज हस्तान्तरण गरेको थियो। आश्रयस्थलमा थप सामग्री आवश्यक देखिएपछि बिहीबार पुनः छ थान कुलर र दुई थान डिप फ्रिजसहित अन्य सामग्री प्रदान गरिएको संघले जनाएको छ।

एनसीसीहरूसँग सहयोगका लागि संवाद

बाढी प्रभावितका लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूबाट सहयोग प्राप्त हुने क्रम पनि जारी रहेको छ।

सहयोग रकम संकलन अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न राष्ट्रिय समन्वय परिषद् तथा सम्बन्धित पक्षसँग संवाद गरिएको संघले जनाएको छ। संवादका क्रममा आर्थिक सहयोग संकलनका लागि भइरहेको पहल र प्रगतिबारे जानकारी लिँदै थप सहयोग जुटाउन एनसीसीहरूलाई अनुरोध गरिएको छ।

नुवाकोटमा स्वास्थ्य शिविर

एनआरएनएले बाढी प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने भएको छ। चिकित्सकसहित नुवाकोटको बाघटारतर्फ गएको एनआरएनए नेतृत्वको टोली प्रतिकूल मौसम र अवरुद्ध सडकका कारण बिहीबार साँझ मात्रै नुवाकोट पुगेको हो।

खराब मौसम तथा सडक अवरोधका कारण टोलीलाई गन्तव्यमा पुग्न दिनभर लागेको हुँदा शिविर शुक्रबारदेखि सञ्चालन हुने संघले जनाएको छ।

बागमती प्रदेश सरकारको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमा सञ्चालन हुने शिविरको नेतृत्व एनआरएनए ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य डा. सञ्जीव सापकोटाले गर्नेछन्।

टोलीमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठलगायत सहभागी छन्।

शिविरमा करिब २५० बाढी प्रभावित परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिनेछ। यससँगै सरसफाइसम्बन्धी सचेतना, विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी तालिमसमेत प्रदान गरिने एनआरएनए सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *