🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोटेकोशी बाढीमा दिवङ्गत प्रहरीका परिवारलाई १० लाख, ऋणसमेत मिनाहा

काठमाडौँ, १७ भदौ : नेपाल प्रहरीले भोटेकोशी बाढीमा परी दिवङ्गत प्रहरी कर्मचारीको परिवारजनलाई विशेष आर्थिक सहयोगस्वरूप तत्काल प्रतिव्यक्ति रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा प्रहरी हेडक्वार्टरमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४० करोडसमेत प्रदान गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ । यही भदौ १० गतेको भोटेकोशी बाढीमा परी २५ प्रहरी अझै बेपत्ता छन् ।

दिवङ्गत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने बैठकको निर्णय छ । उनीहरूका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायकपर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निःशुल्क प्रदान गर्ने समितिको निर्णय छ ।

बैठकले बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरीको व्यक्तिगत सामग्री क्षतिको राहतस्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *