🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजिप्टमा बस दु र्घटना हुँदा २२ जनाको मृ त्यु, २८ घाइते

कायरो, १७ भदौ (रासस/एएफपी) : इजिप्टको पूर्वी सिनाई प्रायद्वीपस्थित मरुभूमिको राजमार्गमा सेप्टेम्बर २ तारिख बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

दक्षिण सिनाईस्थित दाहाब र नुवेइबा रिसोर्ट सहर जोड्ने सडकमा बस अनियन्त्रित भएर पल्टिएको अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्र समुद्री तट, कोरल चट्टान र पहाडी भू–दृश्यका कारण विश्वभरका पर्यटकमाझ लोकप्रिय छ ।

जर्डनको सरकारी सञ्चारमाध्यम अल–मम्लकाले दुर्घटनामा मृत्यु हुनेमध्ये १० जना जर्डनका नागरिक रहेको जनाएको छ। बसमा २२ जना जर्डनका नागरिकसहित ४३ जना सवार रहेको बताइएको छ ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले यसअघि १६ जनाको मृत्यु भएको जानकारी दिएकोमा मृतकको संख्या बढेर २२ पुगेको जनाएको छ । घटनास्थलमा २० वटा एम्बुलेन्स पठाइएको र घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ।

दुर्घटनाको कारणबारे भने अधिकारीहरूले तत्काल कुनै जानकारी दिएका छैनन् ।

एएफपीले सार्वजनिक गरेको दृश्यमा दुर्घटनाग्रस्त बस सडककिनारमा पल्टिएको र त्यसका भग्नावशेष छरिएको देखिएको छ ।

इजिप्टमा सडक दुर्घटना सामान्य मानिन्छन्। तीमध्ये धेरै दुर्घटना लापरबाहीपूर्ण सवारी, सवारीसाधनको कमजोर मर्मतसम्भार तथा सडक सुरक्षा कानुनको कमजोर कार्यान्वयनका कारण हुने गरेको बताइन्छ ।

गत महिना उत्तरी इजिप्टमा कृषि क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर बोकेका दुई पिकअप ट्रक ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजसो किशोरकिशोरी थिए ।

इजिप्टको सरकारी तथ्याङ्क निकायका अनुसार गत वर्ष देशभर भएका सडक दुर्घटनामा करिब ६ हजार जनाको मृत्यु भएको थियो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *