🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही, १७ भदौ : भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो ।

भारतीय प्रहरीले मिति २०८३ भदौ १६ गते मङ्गलबार साँझ पाँच र आज अपराह्न चार शव नेपाल ल्याएको हो । नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष छन् । बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शव फेला परेका हुन् । उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको उहाँले बताउनुभयो ।

मिति २०८३ भदौ १७ गते बुधबार ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका युवक छन् । पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवलाई सुरक्षित राखी पञ्चनामा तथा गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो । शवबाट डीएनएसहितका प्रमाण सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *