🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेना : रसुवादेखि नवलपरासीसम्म उद्धार अभियान तीव्र, ३ हजार ९२५ जनाको हवाई उद्धार

काठमाडौँ । बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई, जमिनी तथा टनेलमार्फत खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। मिति २०८३ भदौ १७ गते बुधबार साँझ ७ बजेसम्म नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट थप ३४ जनाको हवाई उद्धार गरेको छ।

सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ जनाको उद्धार गरिएको छ।

विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोजी तीव्र

विपद्का कारण प्रभावित जलविद्युत् आयोजनाका टनेल तथा संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेना, आयोजना प्रतिनिधि, विदेशी नागरिक तथा विभिन्न विशेषज्ञ टोली परिचालन भएका छन्।

रसुवागढी हाइड्रोपावरको टनेलमा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको टोली करिब २७५ मिटरभित्रसम्म पुगेर खोजी गरिरहेको छ। उद्धार कार्यलाई थप तीव्र बनाउन हेभी मेसिन तथा एक्स्काभेटर ड्रप गर्ने तयारी भइरहेको छ।

लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ।

त्यस्तै, चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन तथा विदेशी नागरिकसहितको संयुक्त टोली करिब १५० मिटरभित्र पुगेको छ। टनेल बन्द अवस्थामा फेला परेपछि साउन्ड डिटेक्टरमार्फत निरन्तर निगरानी भइरहेको छ।

अपर त्रिशूली–१ आयोजनामा टनेलको मुख ढुंगाले छेकिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ। हाकुबेँसी क्षेत्रमा विदेशी नागरिकसहितको संयुक्त टोली २६० मिटरभित्रसम्म पुगेर खोजी गर्दा हालसम्म केही फेला परेको छैन।

मेन टनेलबाट करिब २५ मिटर, एक्सेस टनेल–१ बाट करिब १५० मिटर र एक्सेस टनेल–२ बाट करिब २० मिटर अगाडि बढ्दा टोली २६ मिटर पानी रहेको डिसेन्डर बेसिनसम्म पुगेको थियो। त्यसको अगाडिको भाग भने बन्द अवस्थामा फेला परेको छ।

त्रिशूली–३एमा ब्लास्टिङबाट टनेल खुलाउने प्रयास

त्रिशूली–३एमा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालन भएको छ। चारवटा स्काभेटर र एक बोबक्याट प्रयोग गरी माटो पन्छाउने काम भइरहेको छ।

कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोगबाट टनेलमा पहुँच बनाउने प्रयास भइरहेको छ। टनेलको आउटलेटमा लेदो भरिएका कारण बोबक्याटमार्फत माटो हटाउने काम भइरहेको छ भने अगाडिको चट्टान ब्लास्टिङ गरी हटाउने कार्य जारी छ।

यसैगरी त्रिशूली–३बीमा नेपाली सेनाका ६१ जना, तीन गैरसैनिक व्यक्ति तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरी बोबक्याटको सहयोगमा अफिस तथा क्याम्प क्षेत्रको थप खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *