ताम्पा (अमेरिका), १७ भदौ (रासस/एएनआई): संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड फोर्सले इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको जनाएको छ, जसमा हवाई रक्षा क्षेत्र, विस्फोटक पदार्थ भण्डारण स्थानहरूका साथै सञ्चार क्षेत्रहरू समावेश छन् । यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिकी आक्रमणले सिरिकमा भएको विवाह समारोहलाई पनि लक्षित गरी आक्रमण गर्दा ५० जना भन्दा बढी मानिसहरू घाइते भएको बताउनुभएको छ ।
हर्मुजको जलमार्गमा व्यापारिक ढुवानी र अमेरिकी सैन्य सदस्यहरू विरुद्ध आइआरजिसीले गरेको पछिल्लो आक्रमण पछि अमेरिकी आक्रमणले गति लिएको बताइएको छ ।
सेन्टकम करिब ५० हजारभन्दा बढी अमेरिकी सैन्य सदस्यहरू हाल मध्यपूर्वमा रहेको उल्लेख गर्दै तिनीहरू सतर्क, घातक, र कमान्डरद्वारा निर्देशित अपरेसनहरू कार्यान्वयन गर्न तयार रहेको जनाएको छ ।
सेन्टकमले सार्वजनिक गरेको भिडियो क्लिपमा अमेरिकी सेनाले प्रहार गरेका धेरै क्षेत्रहरुको दृश्य समावेश छ ।
बाकाईले इरानले आवासीय घरहरु, विवाह समारोहलगायतका स्थानहरुलाई लक्षित गरी गरेको बर्बर र अपराधपूर्ण आक्रमणको दृढताका साथ जवाफ दिने प्रतिबद्धता गर्नुभएको छ ।
इरानको इरान समाचार एजेन्सीका अनुसार अमेरिकी आक्रमणको प्रतिक्रियामा, आइआरजिसी एयरोस्पेस फोर्सले जोर्डनको अमेरिकी प्रिन्स हसन एयर बेसमा आरक्यू–४ र एमक्यू–९ यूएभी ह्याङ्गरहरूलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल अपरेसन गरेको थियो ।
इस्लामिक गणतन्त्र इरानको सेनाले बहराइनको शेख इसा आधारमा अमेरिकी आतङ्कवादी बलहरूको राडार स्थापना तथा एकाग्रता बिन्दुहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।
बहराइनको शेख इसा हेलिकप्टर र ड्रोन कम्पोनेन्टहरूको मर्मत केन्द्रले आइआरजिसीलाई उद्धृत गर्दै ब्यालिस्टिक मिसाइलहरूले जोर्डनको अमेरिकी समुद्री आधार क्याम्प टिटिनमा पनि प्रहार गर्दा सैनिक हताहतसमेत भएको दाबी गरेको छ ।
मध्यपुर्वको हिसांत्मक स्थिति द्रुत गतिमा विकसित हुँदै जाँदा बहराइनको आन्तरिक मन्त्रालयले सम्भावित खतराको चेतावनी जारी गर्दै नागरिलाई शान्त रहन, नजिकको सुरक्षित स्थानमा बसि सार्वजनिक सुरक्षाको लागि आधिकारिक च्यानलहरू मार्फत समाचारहरू बारे जानकार रहन आग्रह गरेको छ ।
यसैबीच, कुवेत समाचार एजेन्सीले देशको हवाई सुरक्षाले इरानी ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको छ । यसैबीच जोर्डनको हवाई सुरक्षाले १३ वटा इरानी ब्यालेस्टिक मिसाइलहरू रोकेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले स्ट्रेट अफ हर्मुज नजिकै इरानी लक्ष्यहरू विरुद्ध आक्रमणको नयाँ लहर सुरु गरेको बताएको केही समयपछि इरानले निर्णायक प्रतिक्रियाको प्रतिबद्धता गरैसँगै पछिल्लो घटनाक्रम भएको हो ।
तेहरान विरुद्ध अझै ठूलो आक्रमण बाँकी रहेको सङ्केत गदै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी आक्रमणको विरुद्ध इरानी प्रतिक्रियाको वासिङ्टनले कडा प्रतिक्रिया दिने बताउनुभएको छ ।




