🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

याम्दी खोलाको खोचमा घाइते अवस्थामा भेटिएकी महिलाको उद्धार

पोखरा, १७ भदौ । पोखरा महानगरपालिका-२५ स्थित हेम्जा चौरमा रहेको याम्दी खोलाको खोच किनारबाट घाइते अवस्थामा भेटिएकी एक महिलाको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीलगायत अन्य सुरक्षा निकायबाट संयुक्त रूपमा खटिएको टोलीले २०८३ भदाै १७ गते बुधबार ती महिलाको उद्धार गरेको हो।

याम्दी खोलाको खोच किनारमा एक महिला घाइते अवस्थामा रहेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो। भौगोलिक रूपमा अप्ठ्यारो खोचबाट उद्धार टोलीले सावधानीपूर्वक महिलालाई बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धारपछि महिलालाई प्राथमिक उपचार उपलब्ध गराउँदै थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।

घाइते महिलाको परिचय तथा स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उनी कसरी खोलाको खोच किनारमा पुगिन् र घाइते भइन् भन्ने विषय पनि खुल्न बाँकी छ।

घटनाको कारण र परिस्थितिबारे सम्बन्धित सुरक्षा निकायले आवश्यक जानकारी संकलन तथा अनुसन्धान गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *