🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मलेसिया र हंगेरी पठाइदिने प्रलोभनमा नौ लाख ठगी गर्ने  यज्ञबहादुर तामाङ र सुजेन घर्तीमगर पक्रा उ

काठमाडौं, १७ भदौ । वैदेशिक रोजगारीका लागि मलेसिया र हंगेरी पठाइदिने भन्दै चार जनाबाट नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका-७ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३३ वर्षीय यज्ञबहादुर तामाङ र बागलुङको बडिगाड गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-४ बस्ने ३० वर्षीय सुजेन घर्तीमगर रहेका छन्।

प्रहरीका अनुसार यज्ञबहादुरले आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै एक जना पीडितबाट चार लाख रुपैयाँ लिएका थिए।

त्यसैगरी, सुजेनले हंगेरी पठाइदिने भन्दै तीन जना पीडितबाट पाँच लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले यज्ञबहादुरलाई काठमाडौं महानगरपालिका–९ र सुजेनलाई काठमाडौं महानगरपालिका–७ बाट २०८३ भदाै १७ गते मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *