🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीकाे बाढी प्रभावित तीन जिल्लामा  १२ अस्थायी बेस स्थापना

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवामा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन १२ वटा अस्थायी बेस स्थापना गरेको छ।

सशस्त्र प्रहरीका अनुसार धादिङमा दुई, नुवाकोटमा छ र रसुवामा चारवटा अस्थायी बेस स्थापना गरिएको हो। धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ ‘ए’, त्रिशूली हाइड्रो ३ ‘बी’, स्याफ्रुबेंसी र बोगटीटारमा बेस स्थापना गरिएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन धादिङको मलेखु र नुवाकोटको तारकेश्वरमा स्थापना गरिएका बेसमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। प्रत्येक बेसमा १५ देखि ३५ जनासम्मको उद्धार टोली खटाइएको छ। ती टोलीमा विशेष तालिमप्राप्त उद्धारकसमेत रहेका छन्।

अस्थायी बेसहरूमा ‘कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु’ (सीएसएसआर), मेडिकल फर्स्ट रेस्पोन्डर (एमएफआर), खोजी कुकुरसहितको टोली, ड्रोन टोली, रोप रेस्क्यु, शव व्यवस्थापन टोली, गोताखोर र स्विफ्ट वाटर रेस्क्यु टोली परिचालन गरिएको छ।

यसैगरी, ठूलो सङ्ख्यामा घाइते तथा प्रभावितको उद्धार र उपचारमा सहयोग पुर्‍याउन ‘मास क्याजुअल्टी भेहिकल’ (एमसीभी) सहितका विशेष उपकरण र जनशक्तिसमेत परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *