🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेना : भोटेकोशी बाढी खोज तथा उद्धार अपडेट : विदेशीसहित ११८ जनाको हवाई उद्धार

चिलिमे र अपर त्रिशूली-१ का टनेल पुरिएको अवस्थामा, त्रिशूली-३ ‘ए’मा वैकल्पिक बाटोबाट प्रवेशको प्रयास....!

काठमाडौं, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा परिचालित नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। सेनाले भदौ १६ गते साँझ ५ बजेसम्म एक विदेशी नागरिकसहित ११८ जनाको हवाई उद्धार गरेको जनाएको छ।

सेनाले बाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाका टनेलमा बेपत्ता हुन सक्ने व्यक्तिको खोजीका लागि विदेशी विशेषज्ञसमेत सम्मिलित संयुक्त टोली परिचालन गरेको छ। टोलीले जोखिमपूर्ण अवस्थामा टनेलभित्र प्रवेश गरी खोज तथा उद्धारको प्रयास गरिरहेको सेनाले जनाएको छ।

चिलिमेको टनेल १५० मिटरभित्र पूर्ण रूपमा पुरिएको

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा विदेशीसहित २६ सदस्यीय संयुक्त खोज तथा उद्धार टोली प्रवेश गरेको थियो। टोली करिब १५० मिटरभित्र पुगेपछि भिरालो भाग सुरु भएको र त्यसभन्दा अगाडिको टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जानकारी दिएको छ।

पुरिएको भागका कारण टोलीलाई टनेलभित्र थप अगाडि बढ्न कठिन भएको छ। त्यहाँको अवस्था अध्ययन गरी खोज तथा उद्धारको सम्भावित विकल्पबारे आवश्यक कार्य भइरहेको जनाइएको छ।

अपर त्रिशूली-१ को टनेल पनि अवरुद्ध

अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको हाँकुस्थित टनेलमा पनि विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोली टनेलभित्र करिब १६० मिटर पुग्दा अगाडिको भाग पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ।

टनेलभित्र माटो, ढुङ्गा तथा बाढीले बगाएर ल्याएका सामग्री थुप्रिएका कारण खोजी टोली थप अगाडि बढ्न नसकेको हो।

त्रिशूली-३ ‘ए’को आउटलेटबाट प्रवेश गर्ने तयारी

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको टनेल हेड भने फेला परेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी टनेलको प्रवेश क्षेत्रमा थुप्रिएको माटो पन्छाउने काम गरिएको छ।

कम्प्रेसर र रक ब्रेकरको प्रयोग गरी इनलेट टनेलमा बनाइएको प्वालबाट अत्यधिक पानी आएको थियो। पानीको बहावका कारण उक्त स्थानबाट टनेलभित्र प्रवेश गर्न असम्भव देखिएपछि आउटलेटतर्फबाट पुनः प्वाल बनाउने काम जारी राखिएको सेनाले जनाएको छ।

त्यसैगरी, त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरिएको छ। उक्त स्थानसम्म पुग्न एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माणको काम भइरहेको छ।

इन्द्रायणीघाटमा २५० मिटर लामो तुइन जडान

बाढीबाट सडक, पुल र अन्य आवतजावतका संरचना क्षतिग्रस्त भएपछि नेपाली सेनाले प्रभावित क्षेत्रका पाँच स्थानमा तुइन निर्माण गर्ने योजना अघि बढाएको छ।

योजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका-९ स्थित इन्द्रायणीघाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको छ। तुइन सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई बजार तथा अस्पतालसम्म पुग्न सहज भएको सेनाले जनाएको छ।

नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट उद्धार, टनेलभित्र बेपत्ताको खोजी, अवरुद्ध क्षेत्रमा पहुँचमार्ग निर्माण तथा आवतजावत सहज बनाउन तुइन जडानलगायत कामलाई निरन्तरता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *