🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एउटै घरमा भेटिए २४ शव, व्यवस्थापनका लागि हेलिकप्टर आवश्यक

 नुवाकोट, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित एउटै घरमा २४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शवको मुचुल्का तयार गरी व्यवस्थापनका लागि पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको नेपाल प्रहरीले ड्रोन क्यामेराबाट निरीक्षण गर्ने क्रममा एउटा शव देखेको थियो। ड्रोनबाट प्राप्त दृश्य र विवरणका आधारमा प्रहरीको खोज तथा उद्धार टोली २०८३ भदाै १६ गते मंगलबार उक्त स्थानतर्फ गएको थियो।

शव देखिएको स्थान बेत्रावतीस्थित बच्चुराम अवस्थीको घर भएको खुलेको छ। घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलो जमेकाले त्यहाँसम्म पुग्न निकै कठिन भएको प्रहरीले जनाएको छ।

उद्धार टोलीले नजिकैका भग्नावशेषबाट जस्तापाता, काठ र डोरीलगायत सामग्री सङ्कलन गरेको थियो। ती सामग्री दलदले हिलोमाथि बिछ्याएर प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवाल नेतृत्वको टोली उक्त घरसम्म पुग्न सफल भएको हो।

घरभित्र प्रवेश गरेपछि सुरुमा देखिएको शव नजिकै अरू शव पनि हुन सक्ने आशङ्कामा प्रहरीले खोजी गरेको थियो। खोजीका क्रममा थप २३ शव फेला परेका हुन्। बरामद गरिएका २४ शवमध्ये एक बालिका, ११ पुरुष र १२ महिलाका रहेको प्रहरीले जानकारी दिएको छ।

शवहरूको मुचुल्का तयार गर्ने कार्य सम्पन्न भइसकेको र व्यवस्थापनका लागि पठाउने प्रक्रिया भइरहेको छ। तर, घटनास्थल दलदले हिलोले घेरिएको तथा स्थलमार्गबाट शव निकाल्न कठिन भएकाले हेलिकप्टर आवश्यक परेको प्रहरीले जनाएको छ। प्रतिकूल भौगोलिक अवस्था र हिलोका कारण शव व्यवस्थापनमा कठिनाइ भइरहेको छ।

उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *