🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, १५ भदौ : ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ । ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पाँचौँ मिनेटमा झापा-११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास गरे पनि गोल गर्न नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लबलाई पराजित गरेसँगै झापा-११ ले सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यी दुई टोलीबीचको खेल भदौ १७ गते हुनेछ ।

यस्तै, मङ्गलबार सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ-११ लाई २-१ तथा सलहेशले सातदोबाटो एफसीलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *