🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोटेकोशी बाढीपछि नेपाललाई तत्काल सहयोग गर्न थाइल्यान्ड पनि इच्छुक

नेपाली राजदूत ओली र थाई विदेश मन्त्रालयकी महानिर्देशक उरासाबीच भेटवार्ता, साझा नदी प्रणाली भएका मुलुकबीच सहकार्य आवश्यक, बाढीको कारण, प्रभाव र अबको बाटोबारे बैंककमा छलफल,
काठमाडौं, १५ भदौ । रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति थाइल्यान्ड सरकारले दुःख व्यक्त गर्दै नेपाललाई तत्काल सम्भावित सहयोग उपलब्ध गराउन चासो देखाएको छ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली र थाइल्यान्डको विदेश मन्त्रालयअन्तर्गत दक्षिण एसिया, मध्यपूर्व तथा अफ्रिकी मामिला विभागकी महानिर्देशक उरासा मोङ्कोलनाविनबीच  २०८३ भदाै १५ गते दिउँसेा बैंककस्थित विदेश मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा सम्भावित सहयोगबारे छलफल भएको हो।

महानिर्देशक उरासाले थाइल्यान्डका प्रधानमन्त्री र विदेशमन्त्रीका तर्फबाट नेपालका समकक्षीहरूलाई बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्। उनले नेपाललाई तत्काल आवश्यक पर्न सक्ने सहायता र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न थाई सरकार इच्छुक रहेको बताइन्।

भोटेकोशीसहितका नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको, कैयौँ नागरिकले ज्यान गुमाएको तथा बस्ती र सम्पत्तिमा व्यापक क्षति भएको घटनाप्रति थाइल्यान्डका तर्फबाट सहानुभूति प्रकट गरिएको हो।

राजदूत ओलीले गहिरो शोकको घडीमा थाइल्यान्डका प्रधानमन्त्री, विदेशमन्त्री तथा त्यहाँको सरकारले नेपालप्रति देखाएको सहानुभूति, मित्रता र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे।

उनले नेपाल सरकारको तत्काल प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धार सञ्चालन गर्ने, बेपत्ता नागरिकको अवस्थाबारे पत्ता लगाउने, शव खोजी गरी निकाल्ने तथा मानव अवशेषको सम्मानजनक व्यवस्थापन गर्ने रहेको जानकारी दिए।

बाढीबाट ध्वस्त भएका भौतिक संरचनाको विपद् प्रतिरोधी पुनर्निर्माण र प्रभावित समुदायको पुनर्स्थापनामा थाइल्यान्डसँग रहेको अनुभव तथा प्राविधिक सहयोग नेपालका लागि महत्वपूर्ण हुने राजदूत ओलीले बताए।

बाढीको कारण, प्रभाव र अबको बाटोबारे बैंककमा छलफल

यसअघि नेपाली राजदूतावासले एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी)सँगको सहकार्यमा बैंककस्थित एडीपीसीको प्रधान कार्यालयमा ‘भोटेकोशी आकस्मिक बाढी : कारण, परिणाम र अबको बाटो’ विषयक जानकारीमूलक छलफल आयोजना गरेको थियो।

छलफलमा थाइल्यान्डको विदेश मन्त्रालय, चीन, पाकिस्तान, श्रीलंका र स्विट्जरल्यान्डका दूतावास, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी), सेभ द चिल्ड्रेन, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा अन्य अन्तर्राष्ट्रिय संस्था र प्राविधिक साझेदारका प्रतिनिधि सहभागी थिए।

एडीपीसीका कार्यकारी निर्देशक अस्लाम परवाइजले विपद्को जानकारी प्राप्त भएको तीन घण्टाभित्रै प्राविधिक विशेषज्ञ परिचालन गरिएको जानकारी दिए। उनका अनुसार एक दिनभित्र बहुविषयगत स्थलगत मूल्यांकन टोलीसमेत परिचालन गरिएको थियो।

एडीपीसीले भू–उपग्रहमा आधारित क्षति तथा प्रभाव नक्सांकनको कामसमेत प्रारम्भ गरेको उनले बताए। विपद्पछिको सरकारी नेतृत्वको प्रतिकार्य र पुनर्लाभ प्रक्रियामा सहयोग पुर्‍याउन एडीपीसीले एसियन प्रिपेयर्डनेस पार्टनरसिप, नेपाल प्रिपेयर्डनेस पार्टनरसिप र एसियन डिजास्टर रेडिनेस फन्डमार्फत आफ्नो ‘रेडी फर रिकभरी’ सुविधा सक्रिय बनाएको जानकारी दिएको छ।

साझा नदी प्रणाली भएका मुलुकबीच सहकार्य आवश्यक

छलफलमा राजदूत ओलीले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे सहभागीलाई जानकारी गराउँदै कठिन परिस्थितिमा नेपाललाई सहयोग र ऐक्यबद्धताको सन्देश पठाउने साझेदार तथा मित्रहरूप्रति आभार प्रकट गरे।

उनले प्राकृतिक तथा बहुप्रकोपीय जोखिमको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए। भरपर्दो पूर्वसूचना प्रणालीको विकास, विपद् प्रतिरोधी पूर्वाधार निर्माण र प्रभावित क्षेत्रको दिगो पुनर्निर्माणमा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्नुपर्ने उनको भनाइ थियो।

नेपालसँग सीमापार नदी प्रणाली साझा गर्ने मुलुकहरूबीच विपद् जोखिमसम्बन्धी सूचना आदानप्रदान, पूर्वसूचना तथा प्राविधिक सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि राजदूत ओलीले जोड दिए।

नेपाली राजदूतावासले यसअघि सन् २०२६ अगस्ट २९ मा पनि बैंककस्थित दूतावासमा भोटेकोशी बाढीका विषयमा छलफल आयोजना गरेको थियो। उक्त कार्यक्रममा नेपाली विज्ञ, गैरआवासीय नेपाली संघ, थाई–नेपाली संघ तथा अन्य सामुदायिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

बैंककस्थित नेपाली राजदूतावासले अगस्ट ३१ मा जारी गरेको विवरणअनुसार बाढीपछिको तत्काल उद्धार, मानवीय सहयोग, पुनर्स्थापना तथा विपद् प्रतिरोधी पुनर्निर्माणमा सहयोग जुटाउन थाइल्यान्ड सरकार, अन्तर्राष्ट्रिय संस्था र प्राविधिक साझेदारसँग संवाद अगाडि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *