🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण !!

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी...!

 काठमाडौं । भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै कार्यक्रमको सुरुवात मौनधारणबाट गरिएको थियो। भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थागत जिम्मेवारीसँगै मानवीय संवेदनालाई पनि केन्द्रमा राखिएको थियो।

दुई चरणमा सञ्चालित कार्यक्रमको पहिलो चरण प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए। उनले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराएका थिए। निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा मन्जिला अनिल शर्मा, वरिष्ठ उपाध्यक्षमा कमला ओली, उपाध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा डीआर राई, शान्ति रिसाल, इन्दिरा ढकाल, उषा केसी, केवरा भट्टराई, देवेन्द्र पराजुली, रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं र सुषमा आचार्य छन्। पद हस्तान्तरण कार्यक्रममा दुई सदस्य भने अनुपस्थित रहेको जनाइएको छ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष के.सी.ले प्रमुख निर्वाचन अधिकृत कार्की तथा निर्वाचन अधिकृत रञ्जु रुषा सिग्देललाई आभारपत्र प्रदान गरे। पूर्वअध्यक्ष राधेश्याम लेकालीले पनि दुवै निर्वाचन अधिकृतलाई माला लगाएर सम्मान गरेका थिए।

नवनिर्वाचित अध्यक्ष शर्माले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता तथा संस्थाले गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरिन्। उनले अनेसास नेपाल च्याप्टरलाई जग्गा दान गर्ने घोषणासमेत गरेकी छन्। संस्थाको उद्देश्य र गरिमा कायम राख्दै विगतका सकारात्मक कार्यलाई निरन्तरता दिने तथा थप रचनात्मक गतिविधि अघि बढाउने उनको प्रतिबद्धता थियो।

महासचिव रमेश दाहालले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रम निवर्तमान अध्यक्ष के.सी.को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथि थिए।

कार्यक्रममा पूर्वअध्यक्ष राधेश्याम लेकाली, प्रतीक ढकाल, ऋषभदेव घिमिरे, नेत्रबन्धु पोखरेल, रेनुका सोलु, सन्ध्या पहाडी, प्रा.डा. रामप्रसाद दाहाल र साहित्यकार महेश पौड्याललगायतको उपस्थिति थियो। वक्ताहरूले नयाँ कार्यसमितिले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष के.सी.ले आफ्नो कार्यकालका उपलब्धि, चुनौती र अनुभवबारे जानकारी गराउँदै नवनिर्वाचित अध्यक्ष शर्मालाई अध्यक्षको आसनमा पदस्थापन गराएका थिए। त्यससँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।

महासचिव दाहालका अनुसार बाढी प्रभावितका लागि राहत संकलनलगायत मानवीय सहयोगसम्बन्धी आकस्मिक निर्णय गर्नुपर्ने भएकाले विषम परिस्थितिबीच पनि पद हस्तान्तरण गरिएको हो। कार्यक्रमपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *