🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्पतालको नवजात शिशु वार्डमा आगलागी, १४ शिशुको मृ त्यु, ८ अधिकारी निलम्बित

इस्लामावाद, १४ भदौ (रासस/एएफपी) : पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो । अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये एक नर्सले एक जनालाई मात्र उद्धार गर्न सकेकी थिइन् ।
निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपत्कालीन सेवाका महानिर्देशकसहितका अधिकारी छन् ।
प्रधानमन्त्री सरिफले शनिबार जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने र उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्ध समेत कारबाही अघि बढाउन स्वीकृति दिनुभएको छ ।
प्रतिवेदनअनुसार आगलागी सुरु भएको करिब छ मिनेटपछि आपत्कालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो । अभिभावक तथा प्रत्यक्षदर्शीहरूले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसहरूलाई भवनबाट बाहिरिन रोकेको आरोप लगाएका छन् ।
अस्पतालमा आगलागी तथा अन्य आपत्कालीन अवस्थासम्बन्धी पर्याप्त सञ्चालन कार्यविधि र तालिमको व्यवस्था नभएको पनि प्रतिवेदनमा उल्लेख छ । आगलागी हुँदा वार्डमा दुई नर्स, एक महिला सुरक्षाकर्मी र अर्का एक कर्मचारी उपस्थित थिए ।
स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एयर कन्डिसनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताउनुभएको थियो । तर प्रारम्भिक प्रतिवेदनले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ । घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई पदबाट हटाइएको थियो ।
पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना हुने गरेका छन् । गत जनवरीमा कराँचीको एक सपिङ सेन्टरमा भएको आगलागीमा ६५ जनाभन्दा बढीको मृत्यु भएको थियो । सन् २०२३ मा कराँचीकै अर्को सपिङ मलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *