🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘सरकारको ध्यान बाढी पीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमा ध्यान’ : माधव ढुङ्गेल 

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढी पीडितको उद्धार र राहतमा भन्दा पनि प्रचारमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भएको भन्दै अहिले सरकारको उदासीनताले सो कुरा नै संकटमा परेको बताए । उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहेका भए पनि सरकारका मन्त्रीहरू हेलिकप्टरको सयरमा रहेका उनले बताए ।

‘सुरुङ भित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन, सुरुङ भित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ’, उनले भने ।

सरकारका हरेक गतिविधि भ्रम सिर्जना गर्ने र कसरी स्ट्यण्डबाजी गर्ने भन्नेमा केन्द्रित रहेका उनले बताए । ‘सरकार बाटोमा आफैँ गाडी तेस्र्याउँछ, आफै उठाएर लैजान्छ, यस्तो स्टण्डबाजीबाट देश चल्दैन’, उनले भने ।

ढुङ्गेलले सरकारले आफैँ कानुन बनाउने तर आफैँ त्यसलाई नमान्ने गरेको उनको भनाइ छ । ‘ड्रेस लगाउनु पनि नपर्ने, कालो चश्मा लगाएर हिँड्दा हुने, यसैलाई वाहवाह गरिदिने ?’ उनले भने, ‘लोकतन्त्रको नम्स मान्नु पर्दैन ?’

ढुङ्गेलले सरकारले सुकम्बासीका बस्ती भत्काएर उनीहरूको बिजोग बनाएको बताए । ‘डोजले घर भत्काएर बहादुरी हुन्छ र ! कहाँ गयो त्यो अभियान ? टुङ्गियो, सक्कियो ?’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३, २४ को घटनाको दोषी ठह¥याउन १३ दिनसम्म थुनामा राखेको भए पनि सरकारले कुनै कुरा फेला पार्न नसकेको उनले बताए । ‘सस्तो लोकप्रियताको लागि जे पनि गर्ने ?’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *