🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१९८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३१ रनले किन हार्‍यो ?

काठमाडौँ, ११ भदौ : अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ ।

जितका लागि पछ्याएको १९८ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । नेपालको सुरुआत निराशाजनक रह्यो । मयन यादव एक रन नबनाइकन आउट भए । त्यसपछि पनि नेपालले नियमित विकेट गुमाउँदै गयो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ४६ बल खेल्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै लोकेश बमले २३ बलमा ३८ रन बनाए भने राशिद खानले ११, नारायण जोशीले १२ तथा बिपिन खत्रीले १० रन बनाए ।

बलिङतर्फ हैदराबादका लागि स्कट कुगेलेइन र उसामा मिरले तीन तीन विकेट लिए भने अलि शेखले दुई विकेट हात पारे । त्यसअघि डर्विनस्थित गार्डेन्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो ।

हैदराबादका लागि शेहान जयसूर्याले ४४ बलमा चार चौका र पाँच छक्कासहित ६७ रनको योगदान दिए । यस्तै हम्माद आजमले ११ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए । मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका नारायण जोशीले दुई तथा राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले एक एक विकेट लिए । यससँगै पाँच खेल खेलको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई ४ विकेटले पराजित गरेको थियो भने सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो ।

त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *