🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोटेकोशी बाढीपीडितका लागि एनआरएनएको राहत वितरण सुरु, पाँच करोड सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत सामग्री वितरण सुरु गर्दै छ।

संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा पहिलो चरणमा नुवाकोटका बाढी प्रभावित पाँच सय परिवारलाई राहत सामग्री वितरण गर्न लागिएको हो। राहत सामग्रीमा टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायत अत्यावश्यक सामग्री समावेश छन्।

बाढीका कारण घरबारविहीन तथा समस्यामा परेका परिवारको तत्काल आवश्यकता पहिचान गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा राहत वितरण गरिने संघले जनाएको छ। वास्तविक प्रभावित परिवारसम्म राहत पुर्‍याउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वय गरिएको बताइएको छ।

यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहित चिकित्सकहरूको टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको टोली पठाउन लागिएको संघले जनाएको छ। टोलीले प्रभावित नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि र उपचार सेवा उपलब्ध गराउनेछ।

संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरूलाई समेत उद्धार तथा राहत अभियानमा परिचालन गर्ने निर्णय गरेको छ। विभिन्न देशमा रहेका गैरआवासीय नेपालीबाट आर्थिक तथा भौतिक सहयोग जुटाएर राहत अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगै गैरआवासीय नेपाली समुदाय पनि राहत र उद्धार अभियानमा सक्रिय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *