🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३

ललितपुर । सरु संगीत घर, टिकाथली, ललितपुरले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार–२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत ६ दशकदेखि पु¥याउँदै आएको अतुलनीय योगदानको कदरस्वरूप राणालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पु¥याउने महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कारका लागि पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।

संगीतकार कोमल निरौलाको संयोजकत्वमा गठित स्वतन्त्र छनोट समितिले राणाको नाम पुरस्कारका लागि सर्वसम्मत रूपमा चयन गरेको हो । समितिमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा। रत्नमणि नेपाल र सदस्य–सचिव डेनी निरौला सदस्य रहेका छन् ।

राणा सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने दोस्रो साधक हुन् । यसअघि २०८२ सालमा प्रसिद्ध लोकगायिका कविता आलेलाई पहिलो पटक यो पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेर नेपाली गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ४० वर्ष उमेर पूरा गरेका नेपाली महिला योग्य हुने व्यवस्था छ । यस वर्षको पुरस्कार असोज १० गते शनिबार सरु संगीत घरको छैटौँ वार्षिक कार्यक्रममा प्रदान गरिनेछ । महालक्ष्मी नगरपालिका–५, ललितपुरमा रहेको सरु संगीत घरले विगत ६ वर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । संस्थामा हाल गायन तथा वाद्यवादनलगायत विभिन्न विधामा करिब १०० विद्यार्थीले संगीत शिक्षा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *