🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रधानमन्त्रीलाई प्रश्न सोध्न कति सांसदले नाम दर्ता गराए ?

काठमाडौँ । सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाको मात्रै नाम टुंगिएको हो।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि छुट्याइएको चार वटा कोटामा अझै सांसदको नाम प्राप्त भएको छैन। बाँकी दलले भने प्रश्न सोध्ने सांसदको नाम पठाइसकेका छन्।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि अमरेशकुमार सिंह, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा तथा अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले नाम दर्ता गराएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्ने भएका छन्। नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले नाम टिपाएका छन्।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्न नाम दर्ता गराएका छन्।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली पनि प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सूचीमा छन्।

संसद् सचिवालयका अनुसार रास्वपाले आफ्नो भागमा रहेका चार जना सांसदको नाम पठाउन बाँकी रहेकाले प्रश्नकर्ताको सूची अझै पूर्ण भएको छैन। रास्वपाबाट नाम प्राप्त भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने सांसदको संख्या १५ पुग्नेछ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारको कामकारबाही, नीति, समसामयिक विषय तथा जनसरोकारका मुद्दामा संसद्‌मार्फत जवाफदेही बनाउने महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *