🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माउन्टभ्यू रेजिडेन्सी फेज–२ को अन्याय

ललितपुर हरिसिद्धिस्थित माउन्ट भ्यू रेजिडन्सी फेज–२ सोसाइटीको कार्य समितिमा रहेका सामन्ती प्रवृत्तिका उच्श्रृंखल सदस्यहरूबाट कर्मचारीहरूमाथि चरम अन्याय, दमन हुने गरेको छ । तपाईंको साप्ताहिकमार्फत हाम्रा पीरमर्का जनसमक्ष पु¥याइदिन विशेष अनुरोध गर्दछौं । 
उक्त सोसइटीमा दश बर्षदेखि कार्यरत सुरक्षा गार्ड तथा कर्मचारीहरूलाई स्थायी गर्नुको सट्टा उनीहरूलाई हटाएर निजी कम्पनीका सुरक्षा गार्ड ल्याउने षडयन्त्र माउन्ट भ्यू रेजिडन्सी फेज–२ सोसाइटीको कार्य समिति केही समयदेखि गर्दै आएको थियो ।

यसै दाउमा २०७५ बैशाख २९ गते कर्मचारी, सुरक्षाकर्मी र समितिबीचमा छलफल कार्यक्रम भइरहेको थियो । सो बैठकमा हुमबहादुर नाम गरेका एकजना सुरक्षा गार्डको आफ्नो मोबाइल चलाउन खोज्दा सोसाइटीका अध्यक्षले किन मोबाइल रेकर्ड गरेको भनी गार्डको फोन खोसेर लिएका थिए । त्यसपछि आफ्नो फोन खोस्न पाइँदैन भनि सुरक्षा गार्डहरूले फोन फिर्ता लिन खोज्दा मोबाइल खोसाखोस भएको थियो । 

त्यसपछि सोसाइटीका अध्यक्षयले सुरक्षा गार्डहरूले हामीमाथि हातपात ग¥यो भनि हरिसिद्धि प्रहरी चौकीमा उजुरी हालेका थिए । उजुरी हालेपछि प्रहरी समेतको मिलोमतोमा सोसाइटीका केही सुरक्षा गार्डहरूलाई चौकीमा बोलाएर नियन्त्रणमा लिन खोजिएको थियो । तर ट्रेड यूनियनको हस्तक्षेपपछि उनीहरूलाई छुटाइयो । यसरी आफ्नै कर्मचारी तथा आफ्नै सोसाइटीको गार्डहरूलाई बद्नाम गरेर निष्कासन गर्ने समितिको प्रयास विफल हुन पुग्यो । 

तर, त्यस घटना पश्चात साह्रै इमान्दार सुरक्षा गार्ड कमल लुगेंलीलाई राजीनामा दिन बाध्य गराइयो भने हुमबहादुर नामको गार्डलाई केही समय निलम्बनमा राखी पुनः फुकुवा गरियो । 

त्यस माउन्ट भ्यू रेजिडेन्सी फेज–२ मा १०० घर भएको र हालको कार्यसमिति २०७४ माघमा गठन भएको थियो । त्यसमा रहेका सम्पूर्ण पदाधिकारीहरू लामो समयदेखि कार्य समितिमा बस्दै आएको हुनाले सोसाइटीबासीहरूले नयाँ सदस्यहरू छान्न खोजेका थिए । तर निजहरूले नयाँ उम्मेद्वारको नामै दर्ता नगरी कपटपूर्ण तरिकाले हालको कमिटीलाई नै कायम गर्ने भनी पुनः कार्य समितिमा बस्न सफल भएका छन् । अहिलेको कार्य समितिमा एकजना कानून व्यवसायी अध्यक्ष रहेका र अन्य कमिशन खोर व्यापारीहरूको समूह बाहेक अरु केही छैनन् । उक्त समूह फेरि कार्य समितिमा बस्नका पछाडिको गोप्य कारण निम्नानुसार भएको जानकारी गराउछौं । 

० निजी गार्ड कम्पनीसित मोटो रकम कमिशन खाएर गार्ड तथा कर्मचारीहरू करार सेवामा ल्याउने ।
० भूकम्पपछि भत्केको पर्खाले निर्माण गर्दा लागेको रु. २३ लाखको खर्चबारे भएको अनियमितताको सम्भाव्य अनुसन्धानलाई प्रभावित गरी प्रमाण मेटाउने । 
० सोसाइटीभित्र भएको अवैध निर्माणहरूलाई जसरी भएपनि वैध बनाएर कार्यवाहीबाट जोगिने । 
० सोसाइटीभित्रको जेनेरेटर घरसँगै सामुदायिक भवन निर्माण गर्ने गुरुयोजना भएको हुँदा उक्त भवन निर्माण आफ्नै कार्यकालमा सकाएर कमिशन कुम्ल्याएर निस्कने । 
० सोसाइटीबासीहरूबाट रकम संकलन गरी सहकारीको नाममा सोसाइटीको भवन प्रयोग गरी व्यवसाय चाहिंं आफूहरूले संचालन गर्ने । 
० सोसाइटीबासीहरूबाट संकलन गरेको निर्माण कोष सबै समाप्त पारेर निस्कने ।  
          –पीडित गार्डहरू, माउन्टभ्यू रेजिडेन्सी फेज–२