कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनबाट बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ।
वन क्षेत्रमा फेला परेका बन्दुकमध्ये तीन नाल साबुत अवस्थामा छन् भने दुई नाल बिग्रिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। बन्दुक कसले र कुन प्रयोजनका लागि वनमा लुकाएर राखेको हो भन्ने खुल्न सकेको छैन।
बरामद बन्दुक नियन्त्रणमा लिएर त्यसको स्रोत तथा सम्भावित संलग्न व्यक्तिको पहिचान गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




