काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी, मेट्रो एफएम र हाम्रो काठमाडौं टेलभिजिन कार्यक्रमका अस्थायी सञ्चारकर्र्मीहरूलाई लक्षति गरी स्वेच्छिक अवकाशको कार्यक्रम ल्याउने तयारी गररिहेको समाचार छ । अस्थायी कर्मचारीलाई स्थायी गर्न कानुनले नमल्निे भएपछछि स्वेच्छिक अवकास योजना ल्याइको महानगरस्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार केही सुवधिा थप दिएर हटाउने र लोक सेवा आयोगद्वारा नयाँ नियुक्ति गर्ने नीति महानगरले लिएको छ ।
यो विषय महानगरले गत असारमा जारी गरेको नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश परेको थियो । महानगरपालिकाले आफ्ना सूचना प्रवाह गर्न मेट्रो एफएम सञ्चालन गर्दै आएको छ । साथै टेलभिजिन कार्यक्रममा पनि विगत १६ वर्ष अगाडिदेखि अस्थायी र करारमा सञ्चारकर्र्मी नियुक्त गर्दै आएको छ । साथै, नेपाल टेलभिजिनमा समय खरिद गरी हाम्रो काठमाडौं टेलभिजिन कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्छ ।
यहाँ कार्यरत अस्थायी कर्मचारीहरूलाई स्थायी गर्न कानूनी अड्चनपछि स्वेच्छिक अवकास योजना ल्याएर हटाउने योजना बनाएको समाचारस्रोतले बताएको छ । ५ वर्ष सम्म काम गरेकालाई प्रति वर्ष एक महिनाको, ६ वर्षदेखि दस वर्षसम्म काम गरेकालाई प्रति वर्ष डेढ महिनाको, ११ देखि १५ वर्षसम्म काम गरेकालाई प्रति वर्ष २ महिना र १६ वर्ष भन्दा माथि काम गरेकालाई प्रति वर्ष अढाई महिनाको तलव बरावरको सुविधा दिने तयारी भइरहेको छ । त्यसपछि लोक सेवा आयोगद्वारा नयाँ कर्मचारी नियुक्ति गर्ने योजनामा महानगर पुगेको खबर छ । यसरी बन्न लागेको सुविधा योजनालाई कर्मचारीले मान्ने सम्भावना निकै कम रहेको बताइन्छ । स्थायी गर्नुपर्ने कि त राम्रो सेवा सुविधा दिएर माात्र स्वेच्छिक अवकास योजना ल्याउनु पर्ने माग कर्मचारीले गर्दै आएका छन । साथै, महानगरपालिकाले केही अस्थायी नगर प्रहरीलाई हटाउन पनि स्वेच्छिक अवकास योजना ल्याउदैछ ।
०८० असार २० गते काठमाडौं महानगरपालिकाले नेपाली सेनाको प्रतिक्षा सूचीमा रहेकाहरूलाई लक्षित गरी करारमा ६५ जना नगर प्रहरी जवान भर्ना गर्न दरखास्त आव्हान गरेको थियो । २०८० वैशाख २० गते पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको प्रतिक्षा सूचीमा रहेकाहरूबाट करारमा एक सय जना नगर प्रहरी जवानमा दरखास्त दरखास्त माग गरेको थयिो । उनिहरूलाई करारमा नियुक्ति गर्ने र पुरानालाई स्वेच्छिक अवकास योजना ल्याएर हटाउने महानगरले योजना बनाइरहेको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८० साउन २२)



