तीन दशकअघिसम्म काठमाडौं उपत्यकाका अधिकांश क्षेत्र वनजंगल, खुला जमिन र खेतीयोग्य फाँटले घेरिएका थिए। थापाथली, कुपण्डोल, स्वयम्भू, वनस्थली, सीतापाइला, गौशाला, सिनामंगल, गोठाटार, मूलपानी, काँडाघारी, पेप्सीकोला, बुद्धनगर, बबरमहल र बत्तीसपुतलीसम्म बाँदर देखिन्थे। बूढानीलकण्ठ, कपन, थानकोट, गोदावरी, भैंसेपाटी, थली र डाँछी आसपास चितुवा बस्तीमा पसेर मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गरेका समाचार पनि आउने गर्थे।




