🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनामा प्रधानसेनापतिदेखि सिपाहीसम्म कति तलब ? यस्तो छ पदअनुसारको तलबमान

काठमाडौं । नेपाली सेनामा कार्यरत सैनिक कर्मचारीको तलब पद, सेवा अवधि र प्राप्त हुने ग्रेडअनुसार फरक–फरक हुने गरेको छ। उपलब्ध तलबमान विवरणअनुसार प्रधानसेनापतिको सुरु तलब ८४ हजार ९३२ रुपैयाँ रहेको छ भने दुई ग्रेड जोडिएपछि कायम हुने मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुग्ने देखिन्छ।

सेनाको दोस्रो उच्च पद रथीको सुरु तलब ८१ हजार ६४३ रुपैयाँ छ। दुई ग्रेडबापत पाँच हजार ४४२ रुपैयाँ थपिएपछि रथीको कायम तलब ८७ हजार ८५ रुपैयाँ पुग्छ। उपरथीको सुरु तलब ७९ हजार २९० रुपैयाँ र ग्रेडसहितको तलब ८४ हजार ५७६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, सहायक रथीको सुरु तलब ६७ हजार ४५ रुपैयाँ रहेको छ। पाँच ग्रेड जोडिएपछि उक्त पदको तलब ७८ हजार २२० रुपैयाँ पुग्ने देखिन्छ। महासेनानीको सुरु तलब ६२ हजार ४६६ रुपैयाँ तथा ग्रेडसहित ७२ हजार ८७६ रुपैयाँ कायम हुन्छ।

प्रमुख सेनानीको सुरु तलब ५७ हजार ५०७ रुपैयाँ र ग्रेडसहित ६९ हजार नौ रुपैयाँ रहेको छ। सेनानीको सुरु तलब ५३ हजार ६११ रुपैयाँ भए पनि आठ ग्रेड जोडिएपछि ६७ हजार ९०७ रुपैयाँसम्म पुग्ने विवरणमा जनाइएको छ।

उप–सेनानीको सुरु तलब ४९ हजार ६१३ रुपैयाँ तथा ग्रेडसहित ५९ हजार ५३७ रुपैयाँ छ। सहायक सेनानीले सुरुमा ४८ हजार ५८ रुपैयाँ पाउने देखिन्छ। अधिकृत क्याडेटको तलब ४७ हजार ९६० रुपैयाँ उल्लेख गरिएको छ।

मानार्थ सह–सेनानीको तलब ४७ हजार ६०३ रुपैयाँ र मानार्थ उप–सेनानीको तलब ४६ हजार ६२८ रुपैयाँ रहेको छ। यी पदमा ग्रेड रकम छुट्टै उल्लेख गरिएको छैन।

सैनिकतर्फ प्रमुख सुवेदारको सुरु तलब ४५ हजार ९८ रुपैयाँ छ। तीन ग्रेड जोडिँदा कायम तलब ४९ हजार ६०७ रुपैयाँ पुग्छ। सुवेदारको सुरु तलब ३८ हजार २०३ रुपैयाँ तथा सात ग्रेडसहित ४७ हजार ११४ रुपैयाँ रहेको छ।

जमदारको सुरु तलब ३६ हजार १४२ रुपैयाँ र ग्रेडसहित ४३ हजार ३७२ रुपैयाँ देखाइएको छ। अमल्दारको सुरु तलब ३० हजार ३७३ रुपैयाँ भए पनि सात ग्रेड जोडिएपछि ३७ हजार ४५७ रुपैयाँ पुग्छ।

प्युठको सुरु तलब २९ हजार २१७ रुपैयाँ र आठ ग्रेडसहित ३७ हजार ११३ रुपैयाँ रहेको छ। सिपाहीको सुरु तलब २८ हजार ६९० रुपैयाँ छ। आठ ग्रेडबापत सात हजार ६४८ रुपैयाँ थपिएपछि सिपाहीको कायम तलब ३६ हजार ३३६ रुपैयाँ पुग्ने विवरणमा उल्लेख छ।

नयाँ भर्ना भएका रिक्रुटको तलब २७ हजार १७२ रुपैयाँ तोकिएको देखिन्छ। नन–कम्ब्याटेन्ट कर्मचारीको पनि सुरु तलब २७ हजार १७२ रुपैयाँ रहेको छ। दस ग्रेड जोडिएपछि उनीहरूको तलब ३६ हजार २३२ रुपैयाँसम्म पुग्छ।

यो विवरणले सुरु तलब र अधिकतम ग्रेड जोडिएपछिको कायम तलबलाई देखाएको छ। सैनिक कर्मचारीले पाउने पोसाक, रासन, दुर्गम, फिल्ड, जोखिम, शान्ति सेना तथा अन्य सुविधासम्बन्धी रकम भने तालिकामा समावेश गरिएको छैन। त्यसैगरी कर, सञ्चय कोष, नागरिक लगानी कोष वा अन्य शीर्षकमा हुने कटौतीपछि हातमा आउने खुद रकम फरक हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *