चितवन । चितवन प्रहरीले २० किलो चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मिति २०८३ साउन २१ गते बिहान करिब ९ बजे इच्छाकामना गाउँपालिका–५ मा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा मकवानपुरको थाहा नगरपालिका–११ निवासी ४४ वर्षीय मोहन गोले र सोही स्थानका ३१ वर्षीय भीमबहादुर स्याङतानले बोकेको झोलाभित्र पहेँलो टेपले बेरिएका ४० वटा पोका फेला परेका थिए। ती पोकामा रहेको पदार्थको तौल गर्दा २० किलो चरेसजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।





