🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आकर्षक तलबको प्रलोभनमा साढे २४ लाख ठगी, चार जना प क्राउ !

काठमाडौं, २१ साउन । आकर्षक तलबसहित विभिन्न देशमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर बेरोजगार युवायुवतीबाट २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनोहर पुडासैनी, अनिल मल्ल, कमला पौडेल सुनार र तुलसीराम ढुंगेल रहेका छन्। उनीहरूले पीडितहरूलाई मरिसस, कम्बोडिया, रोमानिया र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने आश्वासन दिएको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपितहरूले आकर्षक तलब पाइने रोजगारीमा विदेश पठाइदिने भन्दै पीडितहरूबाट रकम लिएका थिए। तर, लामो समयसम्म विदेश नपठाई झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।

पक्राउ परेकाहरूको विवरण यसप्रकार छः

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्ने ४९ वर्षीय मनोहर पुडासैनीले एक जनालाई मरिसस पठाइदिने भन्दै तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई २०८३ साउन १९ गते ललितपुर महानगरपालिका–३ बाट पक्राउ गरिएको हो।

बाजुराको हिमाली गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीय अनिल मल्लले एक जनालाई कम्बोडिया पठाइदिने भन्दै आठ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई साउन २० गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका–२९ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–१० बस्ने ३४ वर्षीय कमला पौडेल सुनारले एक जनालाई रोमानिया पठाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई २०८३ साउन २० गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको हो।

पाँचथरको फालेलुङ गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्ने ४९ वर्षीय तुलसीराम ढुंगेलले एक जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई २०८३ साउन २० गते काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रोमेश्वर कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *