🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

होटल–रेष्टुरेन्टमा हुक्का र चुरोटमाथि प्रशासनको कडाइ, नियम उल्लङ्घन गरे कारबाही !

काठमाडौं, २१ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा हुक्का, चुरोटलगायत सुर्तीजन्य पदार्थको अव्यवस्थित सेवन रोक्न कडा निर्देशन दिएको छ।

प्रशासनले २०८३ साउन २० गते जारी गरेको ‘अत्यन्त जरुरी सूचना’मा होटल तथा रेष्टुरेन्टमा जथाभावी धुम्रपान गराउँदा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै व्यापक गुनासो प्राप्त भएको उल्लेख गरेको छ।

प्रचलित कानुनी व्यवस्था पालना नभएको पाइएपछि प्रशासनले सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ का प्रावधान कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।

सूचनाअनुसार होटल तथा रेष्टुरेन्टले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट देखिने गरी छुट्याउनुपर्नेछ। धुम्रपानका लागि तोकिएको स्थान चारैतिरबाट बन्द हुनुपर्ने र त्यसबाट निस्कने धुवाँले अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था मिलाउनुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका निकायबाट गरिने अनुगमनका क्रममा ऐनविपरीत हुक्का, चुरोट वा अन्य सुर्तीजन्य पदार्थ सेवन गराएको पाइएमा सम्बन्धित व्यवसायीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा काठमाडौं जिल्लाभित्रका सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *